नेक्सन भेन्चर्सले नेपालमा नयाँ चिनियाँ विद्युतीय ब्रान्ड ल्याएको छ।
कम्पनीले एलएस अटो ब्रान्ड नेपाली बजारमा ल्याएको हो।
कम्पनीले एलईभी ०१ मोडल ल्याएको छ। चीनमा विद्युतीय गाडीको डिजाइन गर्ने कम्पनीले २०२३ बाट गाडी उत्पादन सुरु गरेको थियो। अहिलेसम्म ४ देशमा आफ्ना प्रोडक्ट पुर्याएको छ।
६७.१ किलोवाट आवर ब्याट्री भएको गाडीमा ९९ किलोवाटको मोटर छ। २१० एमएम ग्राउन्ड क्लियरेन्स रहेको गाडी एकपटकको चार्जमा ५०० किमिसम्म गुड्न सक्ने नेपालको आयातकर्ताको दाबी छ।
२ वटा सेगमेन्टमा उपलब्ध रहेको गाडीको कम्फर्टको मूल्य ५९ लाख ४५ हजार रहेको छ भने स्ट्यान्नडर्ड सेगमेन्टको ६८ लाख ४५ हजार रहेको छ।
‘एलएस अटोको एलईभी ०१ मोडल ब्याट्रीअनुसार जुन मूल्य तोकेका छौँ, नेपाली कुनै पनि कम्पनीले दिन सक्दैनन्’, नेक्सन भेन्चर्सका प्रबन्धनिर्देशक विकास शाहले भने, ‘केही दिनभित्र औपचारिक लञ्च गर्छौं र मार्चमा थप मोडलका गाडी ल्याउने योजना छ।’

Shares

प्रतिक्रिया