नेपाली बजारमा नेटा, दायुन, रिडारा र अवतार प्यासेन्सर कारका आधिकारिक वितरक सीजी मोटर्सको पोखराका लागि आधिकारिक बिक्रेता टीटी ग्लोबलले धनतेरसको अवसर पारेर धनतेरस ईभी कार्निभल आयोजना गरेको छ।
मंगलबार सीटी स्क्वायर ब्यान्क्वेट एन्ड रेस्टुरेन्ट, न्युरोड, पोखरामा उक्त कार्निभल बिहानको ८ बजेबाट सुरु भएको हो।
कार्निभलको शुभारम्भ एक विशेष कार्यक्रमका बीच पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले गरे।
इच्छुक ग्राहकहरुले धनतेरस ईभी कार्निभलमा रिडारा, दायुन, नेटा एक्स, नेटा भी र अवतार ११ को खरिदमा विशेष अफरहरुको लाभ उठाउन सक्ने कम्पनीले जनाएको छ।
कार्निभलमार्फत उल्लिखित गाडीको खरिदमा आकर्षक एक्सचेन्ज बोनस, आकर्षक क्यास डिस्काउन्ट, १ वर्षको निःशुल्क बिमा, चालू आर्थिक वर्षको कर निःशुल्क, ६.६ किलोवाटको फास्ट चार्जर र स्पेर टायर नि:शुल्क प्राप्त गर्न सक्नेछन्।
कार्यक्रममा टीटी ग्लोबलका सञ्चालक प्रमेश पराजुलीले एकै ठाउँबाट ग्राहकहरुले सीजी मोटर्सका प्यासेन्जर गाडीहरुको टेस्ट ड्राइभ गरी गाडीबारेमा बुझ्न र अनुभव गर्न पाउने बताए।

ग्राहकहरुको सुविधालाई मध्यनजर गरी एकै ठाउँबाट सम्पूर्ण सुविधाहरु दिन लागिएको उनको भनाइ छ।
साथै पहिलोपटक पोखरामा दायुन गाडीको विशेष समारोहबीच अनावरण गरिने पनि उनले बताए।
उक्त अफरहरुमा सर्त तथा नियमहरु लागू हुने जनाइएको छ।

Shares

प्रतिक्रिया