ad ad

कारोबार


हुन्डाई भेन्युको ई भेरियन्ट पनि नेपालमै उत्पादन सुरु, मूल्य कति?

हुन्डाई भेन्युको ई भेरियन्ट पनि नेपालमै उत्पादन सुरु, मूल्य कति?

नेपालखबर
असोज १७, २०८१ बिहिबार १२:११, काठमाडौँ

नेपालमा हुन्डाई गाडी उत्पादन गर्ने लक्ष्मी मोटर कर्पोरेसनले भेन्यु ई भेरियन्टको उत्पादन पनि सुरु गरेको छ।

कर्पोरेसनले २०२४ मेबाट भेन्यु एस र एसएक्स उत्पादन सुरु गरेको थियो। लक्ष्मी मोटर कर्पोरेसन नेपालको लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलको एक भगिनी संस्था हो।

कम्पनीले नेपालमा हुन्डाई भेन्युको व्यावसायिक उत्पादन सुरु गरिएसँगै हुन्डाई नेपाल मेड फर योर जर्नी  क्याम्पेन पनि सुरु गरेको थियो।

हालसम्म करिब २५० गाडी आफ्ना डिलरहरूमार्फत बिक्री गरिसकेको जनाएको छ। हुन्डाई भेन्यु ईको प्रारम्भिक मूल्य सीमित अवधिको लागि ४० लाख ९६ हजार कायम गरिएको छ। यद्यपि यसमा हाल चलिरहेको दसैँ तिहारलक्षित योजना र थप डिस्काउन्ट नहुने कम्पनीले जनाएको छ।

हाल नेपालमा उपलब्ध भेन्युका अरु भेरियन्टहरुको मूल्य भेन्यु एस १.२ को ४४ लाख ९६ हजार र भेन्यु एसएक्स १.२ को मूल्य ५३ लाख ५६ हजार कायम गरिएको छ l कम्पनीले मेड इन नेपाल हुन्डाई भेन्युमा १० वर्षको निःशुल्क सर्भिसिङ र ३ वर्षको वारेन्टी प्रदान गर्ने जनाएको छ।

लक्ष्मी मोटर कर्पोरेसन नेपालमा लक्ष्मी ग्रुपको लगानी तथा हुन्डाई मोटर कम्पनीसँगको प्राविधिक सहकार्यमा स्थापना भएको हो। 

स्वदेशमा नै उत्पादन गरी देशको औद्योगीकरण, आयात प्रतिस्थापन, रोजगारी सृजना, आन्तरिक राजस्वमा वृद्धि, सीप तथा प्रविधि विकास, सहायक उद्योगको स्थापना, आन्तरिक स्रोत तथा विद्युतको खपत, कुल गृहश्थ उत्पादनमा योगदानका साथ साथै उपभोक्तालाई सहुलियत मूल्यमा सवारी साधन उपलब्ध गराउने उद्देश्य रहेको कम्पनीले जानकारी गराएको छ।

लक्ष्मी मोटर कर्पोरेशनले थप भेरिएन्ट तथा अरु मोडेलहरु पनि उत्पादन बढाउँदै जाने योजना रहेको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .