ad ad

कारोबार


दोब्बरले बढ्यो बिजुली गाडी र दुईपांग्रे सवारीसाधनको आयात

दोब्बरले बढ्यो बिजुली गाडी र दुईपांग्रे सवारीसाधनको आयात

नेपालखबर
भदौ ७, २०८१ शुक्रबार १६:१८, काठमाडौँ

साउनमा ३८१ वटा मात्रै विद्युतीय गाडी भित्रिएका छन्।

भन्सार विभागको तथ्यांकअनुसार चारपांग्रे प्यासेन्जर भेहिकल ३८१ मात्र आयात भएको देखिएको हो। 

अघिल्लो वर्ष  ११० वटा मात्रै विद्युतीय गाडी आयात भएका थिए। अघिल्लो वर्षको तुलनामा दोब्बर बढीले आयात भएको छ। 

पेट्रोल/डिजेल इन्जिनका गाडी २७४ वटा भित्रिएका छन्। अघिल्लो वर्ष २९४ इन्धनका गाडी भित्रिएका थिए। दुईपांग्रे पेट्रोल इन्जिनका २१ हजार ३४३ भित्रिएका छन्। अघिल्लो वर्ष १२ हजार मात्रै दुईपांग्रे भित्रिएका थिए। २ पांग्रेको व्यापारमा सुधार हुँदै गएको देखिएको छ। 

भदौ ११ गतेबाट हुने नाडा अटो सोमा व्यवसायीले सोकेस गर्नको लागि केही गाडी भित्र्याएका छन्। व्यवसायीले विद्युतीय गाडी बढी भित्र्याएका छन्। नाडामा हुने बुकिङको आधारमा दशैँअघि गाडी भित्र्याउने व्यवसायीको तयारी छ। 

अघिल्लो वर्ष ११ सिटमाथिका माइक्रो बसबाहेक १२ हजार बढी विद्युतीय सवारीसाधन भित्रिएका थिए। व्यवसायीले अघिल्लो वर्षको तुलनामा अझै बढी भित्रिने सम्भावना रहेको बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .