ad ad

कारोबार


टाटा मोटर्सका डिलरहरुलाई पन्च ईभीको टेस्ट ड्राइभ

टाटा मोटर्सका डिलरहरुलाई पन्च ईभीको टेस्ट ड्राइभ

नेपालखबर
साउन ३१, २०८१ बिहिबार १८:१६, काठमाडौँ

नेपालको लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले चितवनको सौराहामा नेपालभरका डिलरहरुलाई पन्च ईभीको टेस्ट ड्राइभ गराइरहेको छ।

टेस्ट ड्राइभ कार्यक्रममा डिलरसँगै सिप्रदीको प्यासेन्जर भेहिकलको व्यवस्थापन टिम, टाटा मोटर्स भारतको प्रतिनिधिहरू र सर्भिस टिमको सहभागिता रहेको कम्पनीले जनाएको छ। 

नाडा अटो–सोमा लन्च गर्न लागिएको पन्च ईभी नेपालको बहुप्रतीक्षित गाडी हो। सबै सहभागीहरुबाट पन्च ईभीलाई देखेर उत्साहित प्रतिक्रिया आएको कम्पनीले जनाएको छ।     

पन्च ईभी भारतमा अत्यधिक रुचाइएको पनि कम्पनीले दाबी गरेको छ। भारतमा टाटा पन्च मासिक रुपमा १८ हजार युनिटभन्दा बढी बिक्री भइरहेको छ।

पन्च ईभीमा १६–इन्च एलआरआर टायर, १९० मिमी ग्राउन्ड क्लियरेन्स, प्रभावशाली एप्रोच, डिपार्चर र र्‍याम्प–ओभर एंगल्सलगायतका विशेषताहरु छन्। यसका साथै यस गाडीमा ९०–डिग्रीको कोणमा  खुल्ने ढोका, ३६६ लिटरको बूट स्पेस, फ्रंकमा १४  लिटरको थप स्पेस छ।  
साथै माइक्रो एसयूभी पन्च ईभीले क्र्यास टेष्टमा ५ स्टार रेटिङ हात पारेको छ। भारत एनक्यापले सम्पन्न गरेको उक्त टेष्टमा पन्च ईभीले एडल्डट र चाइल्ड दुवै अकुपेन्ट प्रोटेक्सनमा ५ स्टार रेटिङ पाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .