ad ad

कारोबार


टेस्लाको प्रतिस्पर्धी बीवाईडीले टर्कीमा १ अर्ब डलरको प्लान्ट बनाउने

टेस्लाको प्रतिस्पर्धी बीवाईडीले टर्कीमा १ अर्ब डलरको प्लान्ट बनाउने

नेपालखबर
असार २६, २०८१ बुधबार १३:२७, काठमाडौँ

चिनियाँ ईभी ब्रान्ड बीवाईडीले टर्कीमा प्लान्ट विस्तार गर्ने भएको छ।

टेस्लाको प्रतिस्पर्धीका रुपमा उदाएको कम्पनीले त्यहाँ बन्ने प्लान्टमा १ अर्ब डलर खर्च गर्ने सम्झौता गरेको हो। 

बीवाईडीले चीनबाहिर उत्पादन प्लान्ट विस्तारलाई जोड दिइरहेको छ। नयाँ प्लान्ट प्रतिवर्ष डेढ लाख कार उत्पादन गर्नसक्ने क्षमताको हुनेछ।

यसबाट ५ हजार रोजगारी सिर्जना हुनेछ भने २०२६ को अन्त्यसम्म उत्पादन सुरु हुनेछ। 

टर्कीका राष्ट्रपति रेसेप टायिप एर्डोगान र बीवाईडीका प्रमुख कार्यकारी वाङ चुआनफुको उपस्थितिमा यससम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो।

पछिल्लो समय चिनियाँ ईभी निर्माता र युरोप तथा अमेरिकाबीच कर विवाद बढिरहेको बेला बीवाईडीले उक्त सम्झौता गरेको हो। बीबीसीबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .