ad ad

कारोबार


रिकन्डिसन अटो व्यवसायीका समस्याबारे राज्य बेखबर भएको गुनासो

रिकन्डिसन अटो व्यवसायीका समस्याबारे राज्य बेखबर भएको गुनासो

नेपालखबर
असार ३, २०८१ सोमबार १६:८, काठमाडौँ

पुराना गाडी सट्टापट्टा तथा बिक्री गर्दै आएका व्यवसायीहरूले आफ्ना जटिल समस्याहरू भए पनि त्यसबारे राज्य बेखबर रहेको गुनासो गरेका छन्। 

सोमबार काठमाडौंको अनामनगरमा आयोजित एक कार्यक्रममा उनीहरूले आफ्नो समस्या सार्वजनिक गरेका हुन्।   

नेपाल रिकण्डिसन अटो व्यवसायी संघका नवनिर्वाचित कार्यसमितिले सोमबार काठमाडौंमा पत्रकार भेटघाट कार्यक्रम गरेको छ। 

संघका अध्यक्ष रमेश प्रसाद कोइरालाले भने,  ‘हेर्दा सामान्य तर केही व्यवहारिक समस्याहरूबाट रिकन्डिसन अटो व्यवसायीहरू प्रताडित छन्। उदाहरणकारुपमा बैंकहरुबाट रिकन्डिसन गाडी र विशेषगरी विद्युतीय सवारी साधनमा लगानी गर्न देखाइएको अनिच्छालाई लिन सकिन्छ।’ 

त्यस्तै, अध्यक्ष कोइरालाले अटो व्यवसायमा परिवर्तनशील प्रविधिहरूको प्रयोग हुन आवश्यक रहेको बताए। 

उनले भने, ‘अटो व्यवसायमा परिवर्तनशील प्रविधिहरूको प्रयोग हुन आवश्यक छ। आधुनिक प्रविधिहरूको ज्ञान र प्रयोगबाट हामी हाम्रो व्यवसायलाई अझ प्रतिस्पर्धी बनाउनेछौँ। यसले हामीलाई नयाँ बजारमा प्रवेश गर्न र वर्तमान बजारमा आफ्नो स्थिति बलियो बनाउन मद्दत गर्नेछ।’ 

अटो व्यवसाय क्षेत्रमा देखिएका देखिएका फरक प्रवृत्तिहरु र अवसरहरूलाई सही सदुपयोग गर्दै यस व्यवसायलाई नयाँ उचाइमा पुर्‍याउने उनले प्रतिबद्धता व्यक्त गरे। यसका साथै उनले सामाजिक कार्यमा समेत सहभागी भएर समाजको समग्र विकासमा योगदान पुर्‍याउने बताए। 

कार्यक्रममा संघका कानुनी सल्लाहकार अधिवक्ता रुद्र ढुंगेलले अहिले नेपाली बजारमा नयाँ गाडी भन्दा पुराना गाडी खरिद गर्ने ग्राहक धेरै रहेको भएता पनि सेकेण्डहयांड सवारी साधनको लागी सरकारसंग स्पष्ट कर्जा लगानी नीति नभएको कारण ब्याबसायी तथा ग्राहकहरू समस्यामाँ रहेको बताए। 

उनले भने, ‘पुराना गाडीको कारोबारलाई व्यवस्थित गर्न राज्यको ध्यान केन्द्रित हुन सके यो क्षेत्रले राज्यको लागी अतुलनिय कर योगदान गर्दै स्वदेशमा नै रोजगारी समेत सृजना गरी युवा पलायनलाई रोकन मद्दत गर्नेछ।’  

कार्यक्रममा बोल्दै नेपाल आर्थिक पत्रकार संघकी कार्यवाहक अध्यक्ष मेनुका कार्कीले रिकन्डिसन अटो व्यवसायीहरुबारेमा धेरै आर्थिक पत्रकारहरू बेखरब रहेको बताइन्। 

उनले भनिन्, ‘यस्ता भेटघाट र अन्तरक्रियाले आपसी समस्या बुझ्न र सो क्षेत्रका समाचारहरु सम्प्रेषित गर्न पत्रकारहरूलाई उत्प्रेरित गर्ने मैले विश्वास लिएको छु।’ 

संघका अध्यक्ष कोइरालाका अनुसार नेपाल रिकन्डिसन अटो व्यवसायी संघ ‘प्रयोग भइसकेका वा रिकन्डिसन अटोमोवाइल्स’हरुको खरिद तथा बिक्री गर्ने व्यवसायीहरूको छाता संस्था हो। यो २०७२ साल फागुन १९ गते स्थापना भएको हो।    

हाल यस संघमा देशभरिबाट करिब १४४ जना सदस्यहरू सक्रिय रहेका छन्। कोशी र गण्डकी प्रदेशमा संघको प्रदेश संगठनहरू गठन भई यसै आर्थिक वर्ष भित्रमा अन्य पाँच वटा प्रदेशहरूमा समेत प्रदेश संगठनहरु तयार गर्ने संघको लक्ष्य छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .