ad ad

कारोबार


ओमोडा ईभी किन्नेलाई नबिल बैंकले ८० प्रतिशतसम्म कर्जा दिने, ब्याज कति तिर्नुपर्छ?

ओमोडा ईभी किन्नेलाई नबिल बैंकले ८० प्रतिशतसम्म कर्जा दिने, ब्याज कति तिर्नुपर्छ?

नेपालखबर
असार १, २०८१ शनिबार १४:२७, काठमाडौँ

नेपालको लागि ओमोडा गाडीको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिले नबिल बैंक लिमिटेडसँग सवारीसाधनको फाइनान्सिङ तथा वित्तीय सुविधाका लागि सहकार्य गरेको छ। 

दुई कम्पनीबीच गत जेठ २९ गते सम्झौता भएको हो। उक्त सम्झौताअन्तर्गत ओमोडाको कुनै पनि विद्युतीय गाडीको खरिदमा नबिल बैंकले ८० प्रतिशतसम्म फाइनान्सिङ उपलब्ध गराउनेछ। 

ग्राहकले देशभरका ओमोडा सोरुम तथा आधिकारिक डिलर नेटवर्कमार्फत सजिलै फाइनान्सिङको सुविधा लिन सक्नेछन्।

यो सहकार्यमार्फत ओमोडाका ईभीहरू (विद्युतीय सवारी साधन) खरिद गर्न चाहने ग्राहकहरूलाई वित्तीय सहजता उपलब्ध गराउने लक्ष्य राखिएको कम्पनीले जनाएको छ। सम्झौताअनुसार ग्राहकले नबिल बैंकका सबै शाखाबाट ५ वर्षका लागि ९.९९ प्रतिशत र ७ वर्षका लागि १०.४९ प्रतिशतको निश्चित ब्याजदरमा सहजै कर्जा प्राप्त गर्न सक्नेछन्। 

योजनामार्फत नेपाल राष्ट्र बैंकको सम्बन्धित निर्देशन र निर्देशिकाबमोजिम कर्जा प्रवाह गरिनेछ भने निश्चित ब्याजदर अंक नबिल बैंकको नीतिअनुरूप परिवर्तन हुन भने सक्नेछ। 

यसरी मात्र २० प्रतिशत डाउन पेमेन्ट गरी सजिलै ओमोडाको कुनै पनि गाडीको खरिद गर्न सकिनेछ। यो सुविधा ओमोडाको राष्ट्रव्यापी डिलर नेटवर्कभरी उपलब्ध हुनेछ। भक्तपुर, इटहरी, बिर्तामोड, विराटनगर, जनकपुर, बर्दिवास, विरगञ्ज, नारायणघाट, बुटवल, नेपालगञ्ज, सुर्खेत, दाङ, धनगढी र पोखराका डिलर नेटवर्कमा यो सुविधा उपलब्ध गराइनेछ।

एसपिजि अटोमोबाइल्सले ब्रान्डको पछिल्लो ईभी ओमोडा इ फाइभ गाडी  ६१ लाख ९९ हजार रुपैयाँ (सिङ्गल टोन) तथा ६२ लाख ४९ हजार (डुअल टोन) को प्रि-बजेट मूल्यमा उपलब्ध छ। 

गत फेब्रुअरीमा सार्वजनिक भएदेखि नै नेपालमा ईभीहरूमध्ये उत्कृष्ट रोजाइ रहेको यो एसयूभीले ४३० किमि रेन्ज, १८० मिलि ग्राउन्ड क्लियरेन्स र ९९ किलोवाटको मोटर पावरको साथ नेपाली जीवनशैली र भौगोलिक आवश्यकता पनि पूरा गर्ने कम्पनीले जनाएको छ। 

ओमोडा इ फाइभमा लेभल २.५ एडास प्रणाली भएको लिथियम आइरन फस्फेट ब्लेड ब्याट्री रहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .