ad ad

कारोबार


सात दिने सीएफमोटो सर्भिस क्याम्प सुरु, यस्ता छन् छुट र अफर

सात दिने सीएफमोटो सर्भिस क्याम्प सुरु, यस्ता छन् छुट र अफर

नेपालखबर
जेठ ३१, २०८१ बिहिबार १६:४९, काठमाडौँ

सीएफमोटो र जिहो ब्रान्डको नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले यही जेठ २९ गते देखि ७ दिने सीएफमोटो सर्भिस क्याम्प सञ्चालन गरिरहेको छ। 

कम्पनीले कालोपुलस्थित आफ्नो अत्याधुनिक प्रविधि तथा दक्ष मेकानिक्ससहितको सर्भिस सेन्टरमा क्याम्प आयोजना गर्नलागेको हो। 

अहिले नयाँ आधिकारिक वितरक रिलायन्स ग्रुपअन्तर्गतको ऋषि ट्रेड सेन्टर नियुक्त भएसँग कम्पनीले यो पहिलो बृहत् सर्भिस केयर क्याम्प सञ्चालन गर्न लागेको हो। बिक्रीपछिको सेवा नै अटोमेटिक्स व्यापारको टेवाको नारा साथ कम्पनीले सीएफमोटोका सम्पूर्ण प्रयोगकर्ताहरुलाई यसरी नै सर्भिस र स्पेयर पार्ट्सको सेवा निरन्तर दिइरहने जानकारी दिएको छ।

क्याम्पमा सहभागी हुने सीएफमोटो बाइकका प्रयोगकर्ताहरुले क्याम्प अवधिभर स्पेयर पार्टसमा १० प्रतिशत छुट, फ्रि– बाइक वास, लेबर चार्जमामा ५० प्रतिशत छुट, ल्युब आयलमा ५ प्रतिशत छुट तथा हरेक दिन लक्की ड्रमार्फत ७ जनाले ७ दिनमा १ सालको लागि सीएफमोटोको स्पेयर पार्ट्समा १० प्रतिशत छुट पाउने व्यवस्था गरिएको छ। 

यसका साथै गोला प्रथामार्फत ७ दिनमा आफ्ना सीएफमोटोका बाइक सर्भिसिङ्ग गराउन आउने ग्राहकहरुमध्ये १ जना भाग्यशाली बिक्रेताले फ्रि बाइक कोटिङ्ग गराउन सक्ने कम्पनीले जनाएको छ। सीएफमोटोको सर्भिस सेन्टर काठमाडौंको धोविखोलामा छ। यहाँबाट ग्राहकहरुले सीएफमोटोलगायत जिहोको पनि सर्भिस तथा पार्टसको सुविधा पाउन सक्नेछन्।

सीएफमोटोको एनके २५०, एनके ४५०, एसआर २५० जस्ता आकर्षक तथा उच्च प्रस्तुति दिने बाइकहरु रहेका छन्।  साथै कम्पनीले ईभी टु ह्विलर सेग्मेन्टमा प्रिमियम र ड्युरेबल जिहोका विद्युतीय स्कुटर एई६प्लस र एई६प्लस एलआर तथा एई८ मोडल पनि बिक्री गरिरहेको छ।

सेन्टरले आफ्नो नक्साल, झम्सिखेल तथा सल्लाघारीस्थित शोरुमहरुबाट बिक्रीवितरण गर्दै आएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .