एसपीजी अटोमोबाइल्सले ‘२०२४ ओमोडा र जेइको डिलर्स फोरम’मा दुईवटा अवार्ड पाएको छ।
कम्पनीले फोरममा ‘आउटस्ट्यान्डिङ सेल्स कन्ट्रिब्युसन’ र ‘ईभी पायोनियर अवार्ड’ पाएको हो।
सारडा ग्रुपका निर्देशक गौरव सारडाले नेपाली ग्राहकहरूको साथ-सहयोगबाट यो उपलब्धि प्राप्त भएको बताए।
उनले कम्पनीले ल्याउने अत्याधुनिक ईभीहरूमा विश्वास गर्ने ग्राहकहरूप्रति आभार व्यक्त गरे।
नेपाली सडक र जीवनशैलीका लागि उपयुक्त ओमोडा ई५ फेब्रुअरीमा लन्च गरिएको थियो।
कम्पनीले डेलिभरी सुरु भएदेखि छोटो अवधिमा नै देशव्यापी ग्राहकहरूलाई फ्युचरिस्टिक ओमोडा ई५ को १५१ भन्दा बढी युनिटहरू हस्तान्तरण गरिसकेको छ।
90
Shares
प्रतिक्रिया