कारोबार


६ महिनामा नेपाल भित्रिए १४ अर्ब रुपैयाँका साढे ५ हजार विद्युतीय गाडी

६ महिनामा नेपाल भित्रिए १४ अर्ब रुपैयाँका साढे ५ हजार विद्युतीय गाडी

नेपालखबर
माघ ७, २०८० आइतबार १२:१५, काठमाडौँ

चालू आर्थिक वर्षको ६ महिनामा साढे ५ हजार विद्युतीय गाडी नेपाल भित्रिएका छन्।

भन्सार विभागको तथ्यांकअनुसार पुस मसान्तसम्म विद्युतीय कार र बस गरी ५ हजार ५४६ वटा भित्रिएका हुन्। 

नेपाल भित्रिनेमा सबैभन्दा बढी ५१ देखि १०० किलोवाटसम्मका गाडी छन्। बीवाइडीको अट्टो ३, टाटाको नेक्सन, सेसेर ३ लगायतको मोडल यो वर्गमा पर्छन्। दोस्रोमा ५० किलोवाटसम्मका विद्युतीय कार २ हजार ५६ वटा भित्रिएका छन्। १०० किलोवाटदेखि २०० किलोवाटसम्मका कार भने ६८ वटा मात्रै भित्रिएका छन्। 

२५ सिटमाथिका ११ वटा विद्युतीय बस भित्रिएका छन्। १५ देखि २५ सिटसम्मका ६७ वटा र ११ देखि १४ सिटसम्मका १८९ वटा विद्युतीय गाडी भित्रिएको भन्सार विभागले जनाएको छ। 

कुल १३ अर्ब ९७ करोड रुपैयाँका विद्युतीय बस आयात भएका छन्। यसमध्ये विद्युतीय बस ८५ करोड रुपैयाँका मात्रै आयात भएका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .