ad ad

कारोबार


सुजुकीका गाडी किन्न कुमारी बैंकले ७० प्रतिशतसम्म कर्जा दिने

सुजुकीका गाडी किन्न कुमारी बैंकले ७० प्रतिशतसम्म कर्जा दिने

नेपालखबर
बैशाख ७, २०८० बिहिबार १८:२१, काठमाडौँ

कुमारी बैंक लिमिटेड र सी जी मोटर कर्पका बीच ग्राहकहरूलाई सुजुकी ब्रान्डका सवारीसाधन खरिदका लागि कर्जा प्रदान गर्ने सम्झौता भएको छ।

सवारीसाधनको लोकप्रियता नेपालमा बढिरहेको र सोहीअनुरूप आफ्ना ग्राहकहरुको माग पूरा गर्न कुमारी बैंक लिमिटेडले आफ्ना देशव्यापी शाखाहरुबाट सहज रुपमा सुजुकी ब्रान्डका सवारीसाधनहरु खरिदका लागि कर्जा उपलब्ध गराउने भएको छ।

यस सहकार्यपछि कुमारी बैंकका ग्राहकहरूले अब नेपालको कुनै पनि सुजुकीका डिलरहरुबाट सवारी साधन खरिद गर्दा कुमारी बैंक लिमिटेडबाट सजिलै बीजक मूल्यको ७० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सक्नेछन्। साथै सो कर्जा ८ वर्ष अवधिसम्मका लागि लिन मिल्ने प्रावधान गरिएको छ।

कुमारी बैंकले आफ्ना देशव्यापी ३०४ शाखा सञ्जाल, २९५ एटीएम, ६२ शाखारहित बैंकिङ्ग इकाइ तथा ४८ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएको र आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .