ad ad

राजनीति


सेनाको हेलिकोप्टरबाट चुनाव प्रचार, प्रधानमन्त्रीलाई कारबाही गर्न रास्वपाको माग

सेनाको हेलिकोप्टरबाट चुनाव प्रचार, प्रधानमन्त्रीलाई कारबाही गर्न रास्वपाको माग

बाराको चुनावी सभामा प्रचण्ड। तस्बिर : प्रदीपराज वन्त


नेपालखबर
बैशाख ७, २०८० बिहिबार १८:२१, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी जिल्ला समिति तनहुँले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कारबाही माग गरेको छ। 
प्रधानमन्त्रीले वैशाख १० गतेको उपनिर्वाचनका समयमा आचारसंहिता उल्लंघन गरेर प्रचार गर्दै हिँडेको भन्दै कारबाही माग गरेको हो।

रास्वपाका जिल्ला उपसंयोजक सूर्यमणि पौडेलले प्रधानमन्त्रीले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै कारबाही मागसहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पत्र बुझाएका हुन्।

गठबन्धनका उम्मेदवार गोविन्द भट्टराईको प्रचार प्रसार र समर्थनका लागि प्रधानमन्त्रीले नेपाली सेनाको हेलिकप्टर चढेर बुधबार तनहुँको बन्दीपुर डुम्रे बजार पुगेका थिए। 

उनले त्यहाँ पुगेर चुनावी सभालाई सम्बोधन गर्दै भट्टराईका लागि भोट मागेका थिए। 

उक्त सभामा सम्बोधन गर्दै प्रचण्डले गठबन्धनका उम्मेदवारलाई जिताए मन्त्री बनाएर पठाउने आश्वसन दिएका थिए।

प्रधानमन्त्री प्रचण्ड सेनाको हेलिकोप्टर चढेर तनहुँ, बारा र चितवन पुगिसकेका छन्। उनीसँग हेलिकोप्टरमा गठबन्धनका अरु नेता पनि सवार छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .