काठमाडौँ स्थित सिप्रदी तथा सिप्रदीका आधिकारिक टाटा मोटर्स शोरुमहरुमा शुक्रबारदेखि तीनिदने "ह्याप्पीनेस विक-एण्ड" विशेष एक्सचेन्ज क्याम्प सञ्चालन हुने भएको छ।
शुक्रबार, शनिबार र आइतबार गरी यस हप्ता विशेष एक्सचेन्ज क्याम्प सञ्चालन गरिएको हो।
टाटा मोटर्सको शोरुममा ग्राहकले ह्याप्पिनेस मेनुको बारेमा जानकारी लिई उक्त मेनुमा भएका अफरहरुको लाभ उठाउन सक्ने कम्पनीले जनाएको छ।
एक्सचेन्ज क्याम्पमा जुन सुकै कम्पनी वा ब्राण्डको गाडी लिएर आई टाटा मोटर्सका सर्वाधिक रुचाइएका नयाँ २०२३ मोडेल का नेक्सन ईभी र टिगोर ईभी संग साट्न सकिने व्यवस्था गरिएको छ।
उक्त व्यवस्थालाई अझ सहज बनाउने उदेश्यले शोरुम मा बैंकिङ सुविधा, इन्स्योरेन्स सुविधाका साथै गाडी मूल्यांकन गर्न विभिन्न दक्ष मूल्यांकनकर्ता हरुको पनि सहभागिता हुनेछ।
टाटा मोटर्सका ग्राहक तथा बजारको सुझाव तथा जिज्ञासालाई मध्यनजर गरेर उक्त एक्सचेन्ज क्याम्पमा पेट्रोल डिजेल बाट चल्ने सवारी साधन लाई बजारले अत्याधिक रुचाएको टाटा मोटर्सका विद्युतीय सवारी संग साट्न मिल्ने गरी एउटै शोरुम बाट व्यवस्था गरिएको छ।
चलिरहेको बजारको मूल्य भन्दा गाडीको विशेष मुल्यांकन, सरल फाइनान्सको सुविधा, इन्स्योरेन्सको सुविधा, र साथै हरेक गाडी हस्तान्तरणमा निशुल्क गाडीका लागि उपयुक्त पार्टपुर्जा पनि पाइनेछ।
Shares
प्रतिक्रिया