टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले आयोजना गरेको एक्सचेन्ज क्याम्पमा ग्राहकले उत्साहजनक उपस्थिति जनाएका छन्।
फागुन २६, २७ र २८ गते सिप्रदीका आधिकारिक टाटा मोटर्स शोरुमहरुमा द इलेक्ट्रिफाइङ एक्सचेन्ज २०२३ नामक एक्सचेन्ज क्याम्प आयोजना गरिएको थियो।
टाटा मोटर्सका ग्राहकहरु तथा बजारको सुझाव तथा जिज्ञासालाई मध्यनजर गरेर उक्त एक्सचेन्ज क्याम्पमा पेट्रोल डिजेल बाट चल्ने सवारी साधनलाई बजारले अत्यधिक रुचाएको टाटा मोटर्सका विद्युतीय सवारीसँग साट्न मिल्ने गरी एउटै शोरुमबाट व्यवस्था गरिएको थियो।
काठमाडौँमा शुक्रबार, शनिबार र आइतबार गरेर लगातार ३ दिनमा झन्डै २०० गाडीहरुको मूल्यांकन गरिएको कम्पनीले जनाएको छ।
ग्राहकहरु गाडीको विशेष मूल्यांकन, सरल फाइनान्सको सुविधा, इन्स्योरेन्सको सुविधा पनि भएका कारण क्याम्पमा सहभागी थिए।
एक्सचेन्ज सुविधासँगै ग्राहकलाई विद्युतीय गाडी सम्बन्धित विस्तृत जानकारी दिँदै काठमाडौँ भित्रको विभिन्न बाटोमा टेस्ट ड्राइभ पनि गर्न दिइएको थियो।
Shares
प्रतिक्रिया