ad ad

कारोबार


नाडाको साधारणसभा माघ २७ मा, आन्दोलन र वार्ता सँगसँगै गर्ने निर्णय

नाडाको साधारणसभा माघ २७ मा, आन्दोलन र वार्ता सँगसँगै गर्ने निर्णय

नेपालखबर
पुस १०, २०७९ आइतबार १८:१६, काठमाडौँ

नाडाका अध्यक्ष ध्रुव थापाको अध्यक्षतामा अटोमोबाइल व्यवसायीहरुको बृहत भेला तथा केन्द्रीय कार्य समितिको बैठक सम्पन्न भएको छ। 

नाडाको आगामी दिनको कार्यदिशा, समग्र देशको अर्थतन्त्र तथा अटोमोबाइल व्यवसायको वर्तमान परिस्थिति र भविष्यको सम्भावना आदि विषयमा केन्द्रित रहेर यही पुस ८ र ९ गते नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल तथा सातै प्रदेश एसोसिएसनका बीच अन्तरक्रिया तथा छलफल कार्यक्रम नाडाका पूर्वअध्यक्षहरु समेतको उपस्थितिमा चितवनको पार्क सफारी रिसोर्टमा भव्य रुपमा सम्पन्न भएको हो। 

सो भेलाले बैंकहरुको उच्च ब्याजदरलगायत चालू पुँजी कर्जा लागू गरेको, जोखिम भार र एलसी मार्जिन लगायतका विषयहरुमा समेत छलफल गरेको थियो। 

उक्त कार्यक्रममा नाडाका पूर्वअध्यक्षहरु रोहिणी थपलिया, सुनिल खेतान, सौरभ ज्योती, अन्जन श्रेष्ठ र शम्भुप्रसाद दाहालले कार्यक्रममा व्यवसायीहरुलाई मार्गदर्शन गर्दै नाडाले सुरु गरेको आन्दोलनको औचित्य र आवश्यकता बारे.चर्चा गरेका थिए। 

कार्यक्रममा नाडाका १ न. प्रदेश अन्तर्गत रहेको मोरङ्ग अटोमोबाइल डिलर्स एसोसिएसनका अध्यक्ष सञ्जयकुमार श्रेष्ठ, मधेश प्रदेशअन्तर्गत रहेको जानकी अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष तेज नारायण साह, बागमती प्रदेश अन्र्तगत रहेको चितवन अटोमोवाइल्स एसोसिएसनका अध्यक्ष कृष्णप्रसाद भण्डारी तथा हेटौंडा अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष दामोदर प्रसाद अटल, गण्डकी प्रदेशअन्तर्गत रहेको पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, लुम्बिनी प्रदेशअन्तर्गत रहेको लुम्बिनी अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष गणेश भट्टराई, कर्णाली प्रदेशअन्तर्गत रहेको कर्णाली अटोमोबाइल्स एसोसिएसन नेपालका अध्यक्ष भद्र भण्डारी र सुदूरपश्चिम प्रदेशअन्तर्गत रहेको सुदुर पश्चिम अटोमोवाइल डिलर्स एसोसिएसनका अध्यक्ष पुष्करराज ओझाले आन्दोलनका सम्बन्धमा आ आफनो धारणा व्यक्त गरेका थिए। 

सो भेलाले दोस्रो चरणको आन्दोलनमा जाने भन्दै वार्ता र आन्दोलन दुवैलाई एकैसाथ अघि बढाउने निर्णय समेत गरेको छ। साथै व्यवसायीहरुले राखेको माग पुरा नभएसम्म आन्दोलनलाई जारी राख्ने दृढता समेत व्यक्त गरेकोे छ । 

सो बृहत छलफलमा सरकारले विगत आठ महिनादेखि पेट्रोलियम पदार्थबाट चल्ने कार, जिप तथा भ्यान जस्ता निजि प्रयोजनका सवारी साधन र १५० सीसीभन्दा माथिका मोटरसाइकलको आयातमा लगाएको प्रतिबन्ध खुलाए पनि माथि उल्लिखित समस्याहरुका कारण अटोमोबाइल व्यवसायमा सहजता आउन नसकेको तथा अटोमोबाइल्स व्यवसायीहरु धमाधम पलाएन हुने अवस्था आएकोले व्यवसायीहरुले दोस्रो चरणको आन्दोलनमा जाने निर्णय गरेको हो। 

नाडाले मिति २०७९ मंसिर १६ गते पत्रकार सम्मेलनमार्फत प्रथम चरणको आन्दोलन घोषणा गरी २०७९ मंसिर २२ गते काठमाडौंलगायत ७ वटै प्रदेशमा एकै साथ धर्ना कार्यक्रममार्फत विरोध गरेको थियो ।

उक्त कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा अर्थविद् डाः विश्वनाथ पौडेलले देशको अर्थतन्त्र र नेपालको समग्र अटोमोवाइल क्षेत्रका सम्बन्धमा विशेष प्रस्तुति दिएका थिए। 

त्यसैगरी उक्त कार्यक्रममा नेपालका प्रख्यात मोटिभेसनल महेश दाहालले व्यवसाय सञ्चालनको क्रममा आउँने चुनौती र समस्याहरुको समाधान कसरी गर्ने भन्ने विषयमा प्रस्तुति समेत दिएका थिए। 

सोही क्रममा नाडाका उपाध्यक्ष तथा आन्दोलन समितिका सभापति सुनिल रिजालले व्यवसायीहरुले गर्र्ने भनिएको दोस्रो चरणको आन्दोलनको ढाँचाबारे जानकारी दिएका थिए। 

सोही दिन बसेको नाडाको १३औँ कार्यसमितिको बैठकले नाडाको आउँदो ४६औँ वार्षिक साधारणसभा २०७९ माघ २७ गते काठमाण्डौमा सम्पन्न गर्ने निर्णय समेत गरेको छ । 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .