कारोबार


बाह्य क्षेत्रको सन्तुलनको हिसाबले अटो आयात खुल्ला गरेका हौँ : अर्थ मन्त्रालय

बाह्य क्षेत्रको सन्तुलनको हिसाबले अटो आयात खुल्ला गरेका हौँ : अर्थ मन्त्रालय

मन्त्रालयका सहसचिव आनन्द काफ्ले। तस्बिर : सरोज बैजु/नेपालखबर


नेपालखबर
पुस ३, २०७९ आइतबार १५:१२, काठमाडौँ

अर्थ मन्त्रालयले बाह्य क्षेत्रमा सन्तुलन आएकाले अटो आयात प्रतिबन्धलाई हटाएको स्पष्ट पारेको छ। 

नेपालखबर प्रालिले नेपालको अटो मोबाइल्स क्षेत्रका समस्या र समाधानका उपायबारे अर्थ मन्त्रालय, राष्ट्र बैंक तथा अटो व्यवसायीमाझ आयोजना गरेको राउन्ड टेबल छलफलमा मन्त्रालयका सहसचिव आनन्द काफ्लेले उक्त कुरा बताएका हुन्।  

उनले भने, ‘अरु क्षेत्रको आयात खोल्दा अटो पनि खोलेको भन्ने चाहिँ होइन। बाह्य क्षेत्रको सन्तुलनको हिसाबले आयात खोलिएको हो।’

व्यवसायीकै चाहना आयात खोल्नुपर्छ भन्ने रहेको र बाह्य क्षेत्र पनि सन्तुलनमा आएकाले आयात खोल्ने निर्णय भएको उनले बताए। 

गाडी आयात रोक्दा सरकारलाई ठूलो दबाब परेको महशुस गरेको पनि उनले स्वीकार गरे। 

‘राजस्वमा ठूलो प्रेसर परेको कुरा स्वाभाविकै छ। आयात प्रतिबन्धले यसमा असर गरेको सत्य हो’, उनले थपे। 

त्यो बेला बाह्य क्षेत्र असन्तुलनको विषय रहेको र यसको एउटा समाधान आयात प्रतिबन्ध पनि हो भन्ने भएकाले तत्कालीन अवस्थालाई मध्यनजर गरेर आयात रोकिएको उनको भनाइ थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .