ईभी नेपाल मोटर्सले नयाँ शोरुम सञ्चालनमा ल्याएको छ ।
कम्पनीले बिहीबार एक विशेष कार्यक्रमका बीच काठमाडौंको नक्सालमा नयाँ शोरुम सञ्चालनमा ल्याएको हो ।
विगत लामो समयदेखि दुई पाङ्ग्रे सवारी बिक्रीवितरण गर्दै आएको कम्पनीले हाल चार पाङ्ग्रे सवारीसाधनको लागि अत्यधिक सेवा सुविधा दिलाउने उद्देश्य लिई उक्त शोरुम सञ्चालनमा ल्याएको जनाएको छ ।
ईभी नेपाल मोटर्स एउटा उच्चस्तरीय अन्तर्राष्ट्रिय गाडी उत्पादक ब्राण्ड हो । यसले हाल बिलिङ मोटर्सअन्तर्गत पिटी एसजीएमडब्लू मोटर्स इन्डोनेसियाको लागि उक्त शोरुम सञ्चालनमा ल्याउनुका साथै इन्डोनेसियामा निर्मित चार सिट क्षमता भएको, अमेरिकन जी मोटर्सको पनि लगानी रहेको बिलिङ एअर ईभी कार लन्च गरेको छ ।
इलेक्ट्रिक गाडी विभिन्न मोडेल र रंगहरुमा उपलब्ध छन् । २००/३०० किलोमिटर माइलेज रहेको चार घण्टा ब्याट्री चार्जिङ्ग क्षमता र आठ वर्ष वारेन्टी सुविधा रहेको बिलिङ ईभी टेस्ला संसारकै सबैभन्दा बढी बिक्री हुने दोस्रो नम्बरमा रहेको कम्पनीको दाबी छ । अब नेपालभर नै ईभी नेपाल मोर्ट्स (बज्र ग्रुप)ले डिलर सञ्जाल बढाएर बिक्रीवितरण गर्ने लक्ष्य राखेको छ ।
उक्त गाडी ड्राइभिङमा आत्मविश्वास बढाउनुका साथै अतिसुरक्षित, सुविधाजनक, आरामदायी र भरपर्दो रहेको कम्पनीले जनाएको छ ।
नेपाललाई धूवाँधूलोरहित बनाउने सोचका साथ अघि बढेको ईभी नेपाल मोटर्स ग्राहकहरुको माया र सन्तुष्टिले यहाँसम्म आइपुग्न र नयाँ शोरुमको थालनी गर्न सफल भएको कम्पनीले जनाएको छ । नक्सालमा रहेको उक्त शोरुम बिहान ९ः३० बजेदेखि बेलुका ६ः३० बजेसम्म खुल्ला रहनेछ ।
Shares
प्रतिक्रिया