पोखराको ग्रान्डी होटलमा भिडोल लुब्रिकेन्ट्सको डिलर मिट सम्पन्न भएको छ।
यही साउन १९ देखि २१ गतेसम्म सञ्चालन भएको कार्यक्रममा देशभरिका २५ वटा डिलर सहभागी भएका थिए।
कार्यक्रममा बिक्री रिपोर्टिङ र अन्य जानकारीका अतिरिक्त विभिन्न खालका खेल, रिफ्रेसमेन्ट, अन्तक्र्रिया र पुरस्कार वितरण कार्यक्रमसमेत भएको कम्पनीले जनाएको छ।
कार्यक्रममा आगामी वर्षका लागि डिलरहरुबाट १ हजार ४ सय ९९ किलोलिटर बिक्री गर्ने लक्ष्य घोषणा भएको छ। यो मिट कम्पनीले वान मोर स्टेप टुवार्ड्स सक्सेस भन्ने मोटोको साथ सम्पन्न गरेको थियो।
नेपालमा यो लुब्रिकेन्टलाई भी.जी. ल्युब प्रा.लि.ले बिक्रीवितरण गरिरहेको छ। कम्पनीले डिलरका प्रतिनिधिलाई यो वर्ष सफलताका लागि एक स्टेप अगाडि बढ्ने प्रतिबद्धतासमेत गराएको थियो।

कार्यक्रममा भी.जी. ल्युबका प्रबन्धनिर्देशक विवेक बिजुक्छेले अहिलेको विश्व बजारमा लुब्रिकेन्टको समयसापेक्ष अवस्थाका बारेमा जानकारी गराएका थिए भने भीजी ल्युबका बिजनेस हेड दिनेश खनालले भिडोलको गत आर्थिक वर्षको अवस्थाका बारेमा र आगामी वर्षको योजनाका सम्बन्धमा जानकारी गराएका थिए। त्यस्तै मार्केटिङ र ब्रान्डिङको सन्दर्भमा ब्रान्ड एन्ड मार्केटिङ हेड समिप तिम्सिनाले कार्यक्रममा प्रकाश पारेका थिए।
कार्यक्रममा गत सालको बिक्रीका आधारमा विभिन्न डिलरहरु फरक–फरक सेगमेन्टमा पुरस्कृत भएका छन्, जसमा जगदम्बा बेरिङ सेन्टर, विराटनगरले प्रथम; सिर्जना अटो सर्भिस, धरानले द्वितीय र शिखर लिंक ट्रेडिङ, ललितपुरले तृतीय स्थान हासिल गरेका छन्।
त्यसैगरी सञ्जय अटो सेल्स, धनगढीले बेस्ट न्यू कमर; शिखर लिंक ट्रेडिङ, ललितपुरले बेस्ट टु ह्विलर सेल्स; बिएन्सा सप्लायर्स, हेटौंडाले बेस्ट थ्री ह्विलर सेल्स; शिखर लिंक ट्रेडिङ, ललितपुरले फेरि बेस्ट पीसीएमओ सेगमेन्ट सेल्स; डिलाइट अटो पार्ट्स सप्लायर्स, नारायणघाटले बेस्ट डिइओ सेगमेन्ट सेल्स; विएन्सा सप्लायर्स, हेटौंडाले बेस्ट गियर ट्रान्समिसन सेल्स; जगदम्बा वेरिङ सेन्टर, विराटनगरले बेस्ट एफइएम सेगमेन्ट सेल्स र सुभम पावर मल्ट्री ट्रेड कलंकीले बेस्ट इन्डिस्ट्रियल सेल्सको अवार्ड जितेका छन्।

त्यसैगरी कार्यक्रममा प्रदेश १ का इन्चार्ज सुशील ताम्राकारलाई बेस्ट इम्प्लोईको अवार्ड प्रदान गरियो । कार्यक्रमपश्चात् नयाँ उत्साह र उमंगका साथ टोली पोखराबाट फर्किएको थियो।
नेपालमा भिडोल लुब्रिकेन्ट सम्पूर्ण सेगमेन्टमा उपलब्ध छ। यो लुब्रिकेन्ट टु ह्विलरदेखि हेभी इक्विपमेन्टसम्मको क्याटागोरीमा उपलब्ध छ । कम्पनीले औद्योगिक क्षेत्रमा पनि लुब्रिकेन्ट्स बिक्री–वितरण गरिरहेको छ।
सेन्थेटिक, सेमिसेन्थेटिक र बेस आयलमा आधारित सबै खालका लुब्रिकेन्ट कम्पनीले बिक्री गरिरहेको छ । तथापि कम्पनीले फोकस भने प्रिमियम क्वालिटी सेगमेन्टमा गरेको छ । नेपालमा भिडोललाई प्रिमियम क्वालिटीको लुब्रिकेन्ट भनेर चिनिन्छ।
भिजी ल्युबले बीएस–६ इन्जिनका लागि पनि एसएन ग्रेडको लुब्रिकेन्ट्स ल्याइसकेको छ । भिडोलको हेभी सीसीको बाइकका लागि टेक अफ फोरटी रेसिङ नामको १०डब्ल्यु–५० एसएन ग्रेडको लुब्रिकेन्ट बजारमा प्रिमियम सेगमेन्टमा उपलब्ध छ । यो बजारमा सबै ब्रान्डमा सर्वसुलभ नहुने लुब्रिकेन्ट हो।

त्यस्तै कार सेगमेन्टमा प्रयोग हुने सिन्ट्रोन लंग लाइफ आईभी ओडब्ल्यू–२० ग्रेडको लुब्रिकेन्ट पनि प्रिमियम ब्रान्डमा उपलब्ध छ । यो बेल्जियमबाट इम्पोर्ट भएको उत्पादन हो । यो लुब्रिकेन्ट पनि सबै ब्रान्डमा सर्वसुलभ छैन ।
भिडोल युकेको कम्पनीको उत्पादन हो । नेपालमा आउने धेरै प्रतिशत लुब्रिकेन्ट इन्डियामा उत्पादन हुन्छ । तथापि केही प्रिमियम सेगमेन्टको लुब्रिकेन्ट अन्य देशबाट आउँछ । भिडोल लुब्रिकेन्ट हाल ७० वटा भन्दा वढी देशमा बिक्री वितरण भइरहेको छ।
Shares

प्रतिक्रिया