नेपालमा पहिलोपटक नाडा ईभी एक्स्पो हुने भएको छ।
पेट्रोल र डिजेलका गाडी आयातमा प्रतिबन्ध लगाएपछि विद्युतीय गाडीहरुको मात्र प्रदर्शनी आयोजना गर्न लागेको हो।
नाडाका अध्यक्ष ध्रुव थापाको अध्यक्षतामा आज बसेको नाडाको केन्द्रीय कार्यसमितिको आठौँ बैठकले पहिलो पटक नाडा ईभी एक्स्पो २०२२ गने निर्णय गरेको हो।
उक्त ईभी एक्स्पो आगामी असोज ६ देखि ९ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हलमा हुने भएको छ।
सरकारले कार, जिप र भ्यानको आयातमा लगाएको प्रतिबन्ध भदौ १४ गतेसम्मको लागि विस्तार गरेपछि नाडाले ईभी एक्स्पो २०२२ गर्ने निर्णय गरेको हो।
नाडाले सन् १९९८ देखि नाडा अटो एक्सपो गर्दै आएको छ। यसका लागि आगामी भदौ १ देखि ५ गतेसम्म स्टल बुकिङ्कका लागि सूचना समेत प्रकाशित गरिने नाडा अटो एक्स्पो समितिका सभापति अनुप बरालले जानकारी दिए।
नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले सम्बन्धित सबैलाई उक्त एक्स्पोमा सहभागिताका लागि अनुरोध गरेका छन्। सबैबाट आवश्यक सहयोगको लागि उनको आग्रह छ।
Shares
प्रतिक्रिया