ad ad

कारोबार


बतास ब्रदर्सको ९ महिने आम्दानी ३ अर्ब ३० करोड

बतास ब्रदर्सको ९ महिने आम्दानी ३ अर्ब ३० करोड

नेपालखबर
साउन १९, २०७९ बिहिबार १५:४७, काठमाडौँ

विभिन्न सवारीसाधन बिक्रेता बतास ब्रदर्स प्रालिले गत आर्थिक वर्षको नौ महिनामा ३ अर्ब ३० करोड २० लाख रुपैयाँ आम्दानी गरेको छ। 

मारुती सुजुकी र महिन्द्राका चार पांग्रे सवारीसाधन तथा टीभीएसका दुईपांग्रे सवारीसाधनको कम्पनीले बिक्री गर्दै आएको छ। बतास ब्रदर्स मारुती सुजुकी र महिन्द्राको क्षेत्रीय अधिकृत डिलर हो भने टीभीएसको गण्डकी र धौलागिरिका लागि अधिकृत डिलर हो। 

सन् २०१५ मा स्थापना भएको कम्पनीले सन् २०१९ मा ४ अर्ब २६ करोड ९० लाख रुपैयाँको सञ्चालन आय गरेको थियो। त्यसपछि कोभिड महामारीले पिरोलेको वर्ष २०२० मा कम्पनीले ३ अर्ब ८ करोड ७० लाखको कारोबार गरेको थियो। त्यसपछि महामारीको प्रभाव क्रमशः कम हुँदै जाँदा व्यापारमा केही सुधार भएर कम्पनीले ४ अर्ब ११ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो। सन् २०२२ अर्थात् आर्थिक वर्ष २०७८÷०७९ मा कम्पनीले ९ महिनामै ३ अर्ब माथिको कारोबार गरिसकेकाले बाँकी महिनामा समेत गरी अघिल्लो वर्षकै हाराहारीमा आम्दानी गर्ने देखिएको छ। 

बतास ब्रदर्स सन् १९९७ अगस्टमा प्रोप्राइटरसिप कमपनीका रुपमा सुरुमा स्थापना भएको थियो। त्यसयता कम्पनीले महिन्द्राका सवारीसाधन र स्पेयर पार्ट्सको डिलरसिपबाट व्यवसाय गरेको थियो। सन् २०१५ मा बतास ब्रदर्स प्रालिले उक्त कम्पनीको सबै व्यवसाय आफूले लियो भने बतास अटोमोबाइल्स प्रालि (मारुती सुजुकी भेहिकल्सको डिलर) र एएसबी अटोमोबाइल्स प्रालि (महिन्द्रा ट्राक्टर र टीभीएस टुह्विलरको डिलर)सँग मर्ज भयो। मर्जरसँगै कम्पनी बतास ब्रदर्स प्रालि रहन गएको हो। 

बतास ब्रदर्स प्रालिका अहिले पोखरामा तीन शोरुम र चारवटा वर्कशप रहेका छन्। कम्पनीमा आनन्दराज बतास, शान्तराज बतास र बिपेन्द्रराज बतासको बराबर स्वामित्व रहेको छ। यो बतास संगठनअन्तर्गतकै कम्पनी हो। बतास संगठनले नेपालमा २० वर्षयता अटोमोटिभ व्यवसाय गर्दै आएको छ।     

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .