ad ad

कारोबार


विद्युतीय गाडीमा कर बढेको भन्दै बीवाईडीको ध्यानाकर्षण

विद्युतीय गाडीमा कर बढेको भन्दै बीवाईडीको ध्यानाकर्षण

नेपालखबर
जेठ २२, २०७९ आइतबार १६:३२, काठमाडौँ

नेपालमा चिनियाँ विद्युतीय गाडीको आधिकारिक बिक्री गर्दै आएको साइमेक्स इन्क प्रालिले सरकारले आगामी वर्षको बजेटमार्फत बढाएको करप्रति ध्यानाकर्षण भएको जनाएको छ। 

कम्पनीलाई व्यवसायभन्दा पनि वातावरणीय पक्ष र त्यसमा पर्ने प्रभावप्रति चिन्ता भएको उल्लेख गरिएको छ। यसले वातावरणमैत्री यातायात विस्तारमा ढिलाइ हुनसक्ने कम्पनीले जनाएको छ। 

करवृद्धिलाई लिएर कम्पनीले सरकारले विद्युतीय गाडीमा शिफ्ट हुने आफ्नो नीति बदलेको जनाएको छ। यसलाई कम्पनीले लगानीकर्ता र सर्वसाधारणका लागि खतरनाक भनेको छ। 

नेपालमा कुल अटोमोबाइल उद्योगको पाँच प्रतिशतमात्रै हिस्सा विद्युतीय गाडीले ओगटेको कम्पनीले जनाएको छ। आर्थिक वर्ष २०७८÷०७९ मा करिब १४ सय ईभी मात्र आयात भएको र गैरविद्युतीय गाडी १५ हजार आयात भएको कम्पनीले उल्लेख गरेको छ। 

अहिले विद्युतीय गाडीको प्रविधि उच्च महंगो भएको र अटोनिर्मातालाई पनि उच्च शक्तिशाली क्षमताको मोटर जडान गर्नुपर्ने भएको कम्पनीको भनाइ छ। सोही कारण कम्पनीहरुले स्ट्यान्डर्ड वा अप्टिमम मोटर क्यापासिटी छान्ने गरेको उल्लेख गरिएको छ। सो मानकअनुसार ईभी जानुपर्ने हुँदा यसलाई विलासितासँग जोड्न उपयुक्त नहुने साइमेक्सले जनाएको छ। 

उपभोक्ता तथा ग्राहकले मध्यम रेन्ज भर्सनका कारहरुमा रुचि देखाएको कम्पनीले जनाएको छ। 

प्रस्तावित नयाँ कर नीतिले सुरुवाती लेभल सेग्मेन्टका ईभीको मात्रै प्रवद्र्धन गरेको जुन विश्वव्यापी रुपमा विकासकै चरणमा रहेको र धेरै ठाउँमा स्वीकार नगरिएको उल्लेख गरिएको छ। नेपालमा पनि यही ट्रेन्ड रहेको उल्लेख गरिएको छ। 

प्रस्तावित करले ईभी किन्न ग्राहकलाई उत्साहित नबनाउने कम्पनीको भनाइ छ।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .