ad ad

कारोबार


मोटरहेडले गर्‍यो चाडपर्व अफरको लक्की ड्र, कसले जिते पुरस्कार?

मोटरहेडले गर्‍यो चाडपर्व अफरको लक्की ड्र, कसले जिते पुरस्कार?

नेपालखबर
बैशाख १२, २०७९ सोमबार १८:३०, काठमाडौँ

मोटरहेड ब्राण्डको नेपालका लागि आधिकारिक वितरक एस.एल.आर टेक्नो एण्ड टे«ड प्रालिले आफ्नो ‘पर्व खुसीको पर्व विश्वासको’ नामक दशैं, तिहार, छठ अन्तर्गतको अफरको आज लक्की ड्र कार्यक्रम समापन गरेको छ। 

उक्त अफर २०७८ भदौ २४ देखि कात्तिक २४ सम्म लागू गरिएको थियो। अफरअन्तर्गत खरिद गर्ने ग्राहकलाई कम्पनीले नगद खरिदमा १२ हजार छुट, फाइनान्सतर्फ ८ हजार छुट तथा गोलाप्रथाद्वारा तीन जना भाग्यशाली विजेतालाई १ लाख, ५० हजार र २५ हजार रुपैयाँ दिने घोषण गरेको थियो। 

सोही घोषणाअनुसार आज यसको लक्की ड्रको आयोजना धोबिघाटस्थित शोरुममा गरेको थियो।

उक्त लक्की ड्रमार्फत २५ हजार रुपैयाँको विजेता सुशान्त पौडेल, ५० हजार रुपैयाँको विजेता दया बुद्ध मगर र १ लाख रुपैयाँको विजेता सुभेन्दु रत्न तुलाधर भएका थिए।

उनीहरुले क्रमशः टेकु, बालाजु र धोबिघाट शोरुमहरुबाट मोटरहेडको स्क्राम्बलर २५०, टेक्कन आर२५० र एमएच १५० मोडलका मोटरसाइकल खरिद गरेका थिए। 

उक्त कार्यक्रममा मोटरहेडकै एमएच२०० मोटरसाइकल चलाउँदै आएका लुवु निवासी मनोज महर्जनको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .