कारोबार


इमाडोलमा होन्डा मोटरसाइकलको सुविधासम्पन्न सर्भिस सेन्टर

इमाडोलमा होन्डा मोटरसाइकलको सुविधासम्पन्न सर्भिस सेन्टर

नेपालखबर
बैशाख ५, २०७९ सोमबार १३:२, काठमाडौँ

ललितपुरको इमाडोलमा होन्डा मोटरसाइकलको सुविधासम्पन्न सर्भिस सेन्टर स्थापना गरिएको छ । 

आइतबार आयोजिक एक कार्यक्रमबीच जय मञ्जुश्री अटो वर्कशप प्रालिको शुभारम्भ गरिएको सर्भिस सेन्टरका सञ्चालक विकास महर्जनले जानकारी दिए ।

नयाँ सर्भिस सेन्टर स्थापनासँगै स्थानीवासीलाई होन्डा बाइक सर्भिसिङमा सहज हुने उनको भनाइ छ । 

चार जना सञ्चालक रहेको सर्भिस सेन्टरको अध्यक्षमा कविना महर्जन र सञ्चालकहरुमा विकास महर्जन, बाबुराजा महर्जन, सुरेश महर्जन छन् । 

यसअघि होन्डा मोटरसाइकल कम्पनीमै काम गर्दै आएका विकास महर्जनसँग १० वर्षको कार्यानुभव रहेको उक्त वर्कशपले जनाएको छ । 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad