कारोबार


एलसी बन्दपछि अटो व्यवसायीले भेटे अर्थमन्त्री, लामो समय बन्द नहुने आश्वासन

एलसी बन्दपछि अटो व्यवसायीले भेटे अर्थमन्त्री, लामो समय बन्द नहुने आश्वासन

नेपालखबर
बैशाख ४, २०७९ आइतबार १५:२४, काठमाडौँ

अर्थमन्त्री जनार्दन शर्माले अटो व्यवसायीलाई केही समय धैर्य गर्न आग्रह गरेका छन्। 

बैंकहरुले अटो मोबाइल्ससम्बन्धी एलसी नखोल्ने निर्णय गरेसँगै व्यवसायी अर्थमन्त्री शर्मालाई भेट्न सिंहदरबार पुगेका थिए। 

नाडा अटो मोबाइल्सका उपाध्यक्ष सुनिल रिजालले अर्थमन्त्रीले बाहिर हौवा फैलाएजस्तो आर्थिक संकट नआएको भन्दै केही समय धेर्य गर्न आग्रह गरेको बताए।

‘बाहिर हल्ला भएजस्तो अर्थतन्त्र संकटमा छैन। केही समयमै सुधार हुन्छ’, अर्थमन्त्रीलाई उद्धृत गर्दै उपाध्यक्ष रिजालले भने, ‘व्यवसायीको एलसीसम्बन्धी समस्या पनि समाधान गर्छौँ।’

अटो व्यवसायीले अर्थमन्त्रीसँग केही समयको लागि स्टकमा सामग्री भएकाले सरकारलाई सहयोग गर्ने बताएका छन्। 

‘अर्थमन्त्रीको कुरा सुन्दा लामो समय समस्या नहुने देखिएको छ। केही समयलाई एलसी नखुल्दा पनि हामी धान्न सक्छौँ’, रिजालले भने। 

राष्ट्र बैंकले अर्थ मन्त्रालयलाई असार मसान्तसम्म विलासिताका वस्तुको आयातमा कडाइ गर्न सुझाव दिएको छ। 

मन्त्रालयले औपचारिक निर्णय नगरे पनि वाणिज्य बैंकहरुले अर्को सूचना जारी नभएसम्मका लागि एलसी नखोल्ने उल्लेख गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad