कारोबार


अर्थमन्त्री दिल्लीमा, पाँच करोड भारु साटिदिन आग्रह

अर्थमन्त्री दिल्लीमा, पाँच करोड भारु साटिदिन आग्रह

नेपालखबर
असोज २०, २०७६ सोमबार ८:४७,

अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालमा मौज्दात भारु ५ करोडको सटही सम्बन्धमा देखिएको समस्या समाधानकालागि पहल गर्न भारत सरकारसँग अनुरोध गरेका छन्।

भारत सरकारका वित्तमन्त्री श्रीमती निर्मला सितारमणसँग भारतको वित्त मन्त्रालयमा भएको शिष्टाचार भेटका अवसरमा खतिवडाले भारत सरकारले भारु ५ सय र १ हजारका नोट प्रचलनमा बन्देज लगाउनु भन्दा पहिले नेपालमा रहेको भारु सटही गरिदिन आग्रह गरका हुन्। भारतमा भइरहेको विश्व आर्थिक मञ्चको कार्यक्रममा सहभागी हुन अर्थमन्त्री खतिवडा नयाँ दिल्लीमा छन्।

अर्थमन्त्री डा. खतिवडाले पछिल्लो आर्थिक स्थिति, लगानीको वातावरण तथा राजस्वका क्षेत्रमा भएका सुधारका प्रयास, द्विपक्षीय व्यापार, वाणिज्य सन्धिलगायतका विषयमा समेत छलफल गरेको अर्थमन्त्रलयले जनाएको छ। नेपालको वैदेशिक व्यापारको दुईतिहाई हिस्सा भारतसँग भएको उल्लेख गर्दै अर्थमन्त्रीले बढ्दो व्यापार घाटा सम्बोधन गर्न भारत सरकारबाट पनि सहयोग प्राप्त हुने अपेक्षा गरे।

भारतका वित्तमन्त्री श्रीमती निर्मला सिथारमणले नेपाल भारत बीचको सम्बन्ध सदियौदेखि भएको उल्लेख गर्दै आगामी दिनमा सहायतालाई बढाउने जानकारी गराइन्। उनले भारतीय सहयोगमा सञ्चालित आयोजना तथा विगतको भारु नोट प्रचलनमा भएको बन्देज र भारु नोट प्रयोगका क्रममा उत्पन्न समस्यालाई दुवै देशको सहमतिमा समाधान गरिने पनि जानकारी दिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad