कारोबार


कोरला नाका छिटो खुलाउन सरकारलाई संसदीय समितिको निर्देशन

कोरला नाका छिटो खुलाउन सरकारलाई संसदीय समितिको निर्देशन

नेपालखबर
असोज १९, २०७६ आइतबार ९:१०,

संसदीय समितिले चीनसँग जोडिएको कोरला नाका छिटोभन्दा छिटो खुलाउने गरी भौतिक पूर्वाधारको काममा तीव्रता दिन सरकारलाई सचेत गराएको छ।

संघीय संसदको विकास तथा प्रविधि समितिले सो नाका पुग्ने बेनी–जोमसोम–कोरला सडक खण्डको स्थलगत निरीक्षणको क्रममा सो नाका छिटोभन्दा छिटो खुल्ने गरी सडकलगायतका पूर्वाधार निर्माणको काममा तीव्रता दिन सरकारलाई सचेत गराएको हो। समितिकी सभापति कल्याणी खड्काले ‘नेपाल भ्रमण वर्ष–२०२०’ अघि नै यो नाका खुलाउने गरी पूर्वाधार निर्माणको कामलाई तीव्रता दिन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयलाई निर्देशन दिइन्।

संसदीय समितिले सो सडक खण्डमा पर्ने पुल निर्माणका लागि हालसम्म डिजाईनको काम समेत नभएकोमा पनि असन्तुष्टि जनाएको छ। सभापति खड्काले पुलहरुको डिजाईन समेत नभएबाट सरकार सो नाका खुलाउन गम्भिर नभएको हो कि भन्ने देखिएको पनि बताइन्।

समितिले सो नाकासँग जोडिएको बेनी–जोमसोम–कोरला सडक खण्ड निर्माण कार्य पनि अति सुस्त भएको निष्कर्ष निकाल्दै ढिलासुस्ती गर्ने ठेकेदार कम्पनीलाई कार्वाही गर्न पनि सरकारलाई निर्देश गरेको छ। त्यसैगरी सो सडक खण्ड निर्माणका लागि विष्फोटक पदार्थको तत्काल व्यवस्था गरिदिन पनि सरकारलाई निर्देशन दिनुपर्ने अवस्था देखिएको पनि स्थलगत भ्रमणका क्रममा समितिकी सभापति खडकाले बताइन्। राष्ट्रिय गौरवको यो आयोजनालाई सरकारले उच्च प्राथमिकता दिन नसकेको समितिको बुझाई छ।

समितिले भौगोलिक विकटताका कारण पनि सो सडकखण्ड निर्माणको काममा ढिलाई हुन गएको निष्कर्ष पनि निकालेको छ। एक हप्ता अघि समितिकी सभापति खड्काको नेतृत्वमा सो सडकखण्डको स्थलगत अनुगमनका पुगेको संसदीय टोलीले सो सडकखण्ड निर्माणका लागि बजेटको भने अभाव नभएको पाइएको पनि जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad