मिस्टर कर्न क्याफे नेपालमै पहिलो मकैको मात्र परिकार पाउने क्याफे हो। जसमा विभिन्न प्रकारका मकैका स्वादिस्ट परिकार पाउनुको साथै मकैका परिकार बनाउने तालिम पनि दिइन्छ। आफ्नो शाखा बिस्तारको क्रममा नेपाल भरि छरिने उद्देश्यका साथ अघि बढेको मिस्टर कर्नले फ्रेंचाईसमा जाने निर्णय गरेको छ। यस अघि नै चाबहिलको कामना विकास बैंकको तल्लो तालामा आफ्नो सेवा प्रदान गरि रहेको मिस्टर कर्नले दोश्रो शाखा झम्सिखेलमा मंगलबारबाट सञ्चालनमा ल्याएको छ।
यस क्याफेमा मकैको ७ फिट अग्लो सालिक पनि राखिएको छ जसले गर्दा ग्राहकलाई मकैको सालिकसँग फोटो खिचाउन मौका मिल्नेछ भने कसैले फोटो फेसबुकमा राखे अर्को पटक आउँदा उक्त पोस्ट देखाएर १० प्रतिशत छुट पाउनेसम्मको योजना रहेको सञ्चालक मध्येका एक दुर्गा बहादुर सुबेदी बताउँछन् ।
मकैका पारखीहरु र आफ्नो स्वास्थ्यको ख्याल गर्नेहरुको लागि यो राम्रो खाजा खाने ठाउँ भएको छ। यस्तै युवा पुस्ताका लागि मकैको पकौडा, मकैको चटपटे, मकैको मःम र अमेरिकन कर्न निकै फेमस रहेको अर्का सञ्चालक राजकुमार अधिकारी बताउछन् ।
प्रतिक्रिया