ad ad

कारोबार


दसैँको मुखमा महोत्तरीका उखु किसानले पाए अनुदानको २० करोड ३३ लाख

दसैँको मुखमा महोत्तरीका उखु किसानले पाए अनुदानको २० करोड ३३ लाख

फाइल तस्बिर


नेपालखबर
असोज २०, २०८१ आइतबार १०:३७, महाेत्तरी

चाडपर्व प्रारम्भ हुन लागेका बेला सकारबाट अनुदान रकम पाएपछि महोत्तरीका उखु किसान खुसी भएका छन्।  

राज्यबाट अनुदान पाउने कुनै आशाभरोसा नभएको स्थितिमा रकम पाएपछि किसान खुसी भएका हुन्। 

आर्थिक वर्ष २०८०/८१ मा गौशाला–१ स्थित एभरेष्ट सुगर एण्ड केमिकल इण्डष्ट्रिजलाई उखु बेचेका किसानले अनुदानबापतको रकम पाएका हुन्।  

उक्त उद्योगलाई गत वर्ष उखु बेचेका १४ हजार ४४४ किसानका खातामा उनीहरुले बुझाएका उखुको परिमाणअनुसार प्रतिक्विण्टल रु ७० का दरले अनुदान रकम दाखिला भएको कोष तथा लेखा नियन्त्रण कार्यालय महोत्तरीले जनाएको छ। 

किसानलो अनुदान वापत २० करोड ३३ लाख १५ हजार ८११ रुपैयाँ पाएका हुन्। 

कार्यालयप्रमुख बालकृष्ण अधिकारीका अनुसार अनुदान रकम बैंक खाता  भएका सबै किसानले पाएका र नहुनेले पनि धमाधम खाता खोल्न थालेका छन्। ‘रकम दाखिलाको क्रम जारी छ,’ उनले भने। 

‘दसैँमा कसरी गर्जो टारौँ भन्ने थियो, अनुदान रकम आएपछि प्रसन्न छु’, भङ्गाहा–४ का उखु किसान अरुण गिरीले भने, ‘हामीलाई दसैँ उपहार पाएजस्तै भएको छ।’ गिरीजस्तै बर्दिबास-९ पशुपतिनगरका अर्का किसान रामविनोद महतोले पनि चाडपर्वअघि अनुदान रकम पाइँदा राहत मिलेको बताए।

महोत्तरीमा दुईवटा चिनी उद्योग सञ्चालनमा रहेका भए पनि दुई वर्षअघिमात्र सञ्चालनमा आएको सिद्धिविनायक चिनी उद्योगले गत वर्ष प्राविधिक गडबडीले उखु क्रसिङ् गर्न सकेन। 

एभरेष्ट चिनी उद्योगले भने गत सिजनमा २९ लाख चार हजार ५११ क्विन्टल उखु क्रसिङ् गरेर दुई लाख ६४ हजार ५११  क्विन्टल चिनी उत्पादन गरेको थियो।

गत वर्ष उखुको मूल्य उद्योगीले दिने ५६५ र सरकारले दिने ७० रुपैयाँअनुदानसहित प्रतिक्विन्टल ६३५ रुपैयाँ कायम भएको थियो। 

उखुको समयमै नै भुक्तानी तथा सरकारबाट अनुदान पनि पाएपछि महोत्तरीका किसान उखुखेति विस्तार गर्ने योजनामा रहेका उखु उत्पादक कृषक सङ्घका अध्यक्ष नरेशसिंह कुशवाहाले जानकारी दिए। 

हाल महोत्तरीमा दश हजार बिघामा उखुखेती हुँदै आएको छ। उखु उत्पादक किसानको सहभागितामा प्रत्येक वर्ष  क्रसिङ् सिजन अगावै को मूल्य निर्धारण हुनुपर्ने माग किसानले गर्दै आएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .