ad ad

कारोबार


रोड सेफ्टी तथा सस्टेनेबल मोबिलिटी सम्बन्धी उच्चस्तरीय अन्तरक्रिया

रोड सेफ्टी तथा सस्टेनेबल मोबिलिटी सम्बन्धी उच्चस्तरीय अन्तरक्रिया

नेपालखबर
असोज १०, २०७६ शुक्रबार १४:४४,

नेपाल अटोमोवाइल्स एसोसिएसन (नासा) को आयोजना तथा नेसनल रोड सेफ्टी एलायन्स नेपालको संयोजनमा ‘रोड सेफ्टी तथा सस्टेनेबल मोबिलिटी सम्बन्धी उच्चस्तरीय अन्तरक्रिया’ कार्यक्रम गरिएको छ।

कार्यक्रममा मुख्य वक्ताका रुपमा ‘यूएन स्पेशल इन्भोय फर रोड सेफ्टि’ तथा ‘फिया’ का अध्यक्ष मि. जिन टोल्ड, वल्र्ड बैँकका उपाध्यक्ष मि. हार्टिङ स्काफरले कार्यक्रमलाई सम्बोधन गरे।

त्यस्तै, वक्ताका रुपमा प्रतिनिधिसभा अर्थ समितिका सभापति कृष्ण प्रसाद दाहाल, विकास तथा प्रविधि समिति सदस्य रंगमती शाही थिए। कार्यक्रममा विशिष्ट अथितिको रुपमा ‘यूएन रेजिडेन्सियल कोअर्डिनेटर भेलेरिया जुलियन्ड, वल्र्ड बैँक नेपालका कन्ट्री म्यानेजर फारिस हाडाड जेभर्स, नेपालका लागि फ्रान्सका राजदुत फंस्वा जाभिए लेजे लगायतका व्यक्तित्वको उपस्थिति रहेको थियो। कार्यक्रमका विशिष्ट अथितिहरुले ‘नेपालमा सडक सुरक्षाको एक दशक’ शिर्षकको प्रतिबेदन सार्वजनिक गरे।

नासा नेपाल का अध्यक्ष दशरथ रिसालको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नासा फाउण्डेसनकी सदस्य भगबती सेढाईको ‘नेपालमा सडक सुरक्षा’ शीर्षकको प्रस्तुत गरे।

 

साथै, काठमाडौँ र अमेरिकामा भएको सडक दुर्घटनामा आफ्ना दुई छोरा गुमाएको परिवार द्वारा स्थापित लक्ष्मी प्रतिष्ठानकी अध्यक्ष लक्ष्मी गौतमलाई रोड सेफ्टी अवार्ड २०७५ प्रदान गरियो।

नासा फाउन्डेसनको तर्फबाट गोविन्द भट्टराईको स्वागत मन्तव्यबाट शुरु भएको सो कार्यक्रमको सञ्चालन नेसनल रोड सेफ्टी एलायन्स नेपालका सदस्य ई.कपील आचार्यले गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .