एन आई सी एशिया बैंक लिमिटेडको २२औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। सञ्चालक समितिका अध्यक्ष तुलसीराम अग्रवालको अध्यक्षतामा सम्पन्न साधारणसभाले चुक्ता पूँजीको २१ प्रतिशतका दरले रु. १ अर्ब ५ करोड ९ लाख ३७ हजार ६ सय २१ रुपैंयाँ लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
जसमध्ये १० प्रतिशतका दरले हुन आउने ८ करोड ३४ लाख २२ हजार ८ सय सत्तरी रुपैयाँ बोनस शेयर र ११ प्रतिशत हुन आउने रु. ९७ करोड ६४ लाख १४ हजार ७ सय ५१ नगद लाभांश (कर प्रयोजनार्थ समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको हो। सभाले बैंकको पूँजी वृद्धिको प्रस्ताव पारित गरेको छ। यसबाट बैंकको चुक्ता पूँजी रु ९ अर्ब ७१ करोड ७६ लाख ५१ हजार ५ सय ६ पुगेको छ।
यस बैंकमा डीम्याट खाता हुने शेयरधनीहरुलाई आजकै मितिबाट नगद लाभांश भुक्तानी गर्न शुरु गरिसकिएको तथा डीम्याट खाता नहुने शेयरधनीहरुले यथाशीघ्र डीम्याट खाताको लागि बैंकको शेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटल तथा बैंकको नजिकैको शाखा कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ।
Shares

प्रतिक्रिया