ad ad

खेल


विश्वकपको ‘सुपर एट’ समीकरण पूरा, को कहाँ?

विश्वकपको ‘सुपर एट’ समीकरण पूरा, को कहाँ?

लक्ष्मी जि.सी
असार ३, २०८१ सोमबार ९:३८, काठमाडौँ

बंगलादेशले नेपाललाई पराजित गरेसँगै आईसीसी टी–२० विश्वकपको ‘सुपर एट’ समीकरण पूरा भएको छ। 

सोमबार बिहान भएको खेलमा बंगलादेशले नेपाललाई २१ रनले पराजित गरेपछि आईसीसी टी–२० विश्वकपको सुपर ८ समीकरण पूरा भएको हो। 

विश्वकपको सुपर ८ पुग्ने टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। दुई समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्। सुपर ८ का खेलहरु २० जुनबाट सुरु हुनेछ। सेमिफाइनल खेल २७ जुनमा हुनेछ। फाइनल खेल जुन २९ मा हुनेछ। 

सुपर ८ को ग्रुप ए मा समूह ए र सी को विजेता तथा समूह बी र डी को उपविजेता टोली छन्। अर्को समूहमा समूह ए र सी को उपविजेता तथा समूह बी र डी को उपविजेता टोली छन्।
 
सुपर ८ को समूह ए मा भारत, अफगानिस्तान, अस्ट्रेलिया र बंगलादेश रहेका छन्। समूह बी मा आयोजक वेस्ट इन्डिज र संयुक्त राज्य अमेरिकासँगै दक्षिण अफ्रिका र इङल्यान्ड छन्। 

समूह चरणको समूह ए बाट ३ खेलमा जित र एक खेलमा वर्षाका कारण अकं बाँडेपछि ७ अंकसहित भारत शीर्ष स्थानमा रहेर सुपर ८ मा पुगेको हो। अमेरिका भने २ खेलम जित एक खेलमा हार र १ खेलमा अंक बाँड्दै ५ अंकसहित दोस्रो स्थानमा रहेर सुपर ८ मा पुगेको हो। 

यो समूहबाट पाकिस्तान, क्यानडा र आयरल्यान्ड बाहिरिएका छन्।

समूह बी बाट अपराजित रहेको अस्ट्रेलिया ४ खेलमा ८ अंक जोड्दै शीर्ष र इंल्यान्ड २ खेलमा जित, एक खेलमा हार र एक खेलमा अंक बाँड्दै ५ अंकमा दोस्रो स्थानमा रहेर सुपर ८ मा पुग्यो। समूह बी बाट स्कटल्यान्ड, नामिबिया र ओमान बाहिरिए। 

समूह चरणका एक खेल खेल्न बाँकी रहेका अफगानिस्तान र वेस्ट इन्डिज पनि सुपर ८ मा पुगिसकेका छन्। 

तीन खेल खेल्दा समूह सी मा अफगानिस्तान र वेस्ट इन्डिज दुवै टोली अपराजित छन्। यो समूहबाट न्यु जिल्यान्ड, युगान्डा र पपुवा न्यु गिनी बाहिरिए। 

नेपाल रहेको समूह डी बाट दक्षिण अफ्रिका र बंगलादेश सुपर ८ मा पुगेका छन्। दक्षिण अफ्रिका अपराजित रहँदै ८ अंकसहित शीर्ष स्थानमा रहेर सुपर ८ खेल्नेछ। तीन खेलमा जित र १ खेलमा पराजित बंगलादेश ६ अंकसहित दोस्रो स्थानमा रहेर सुपर ८ मा पुग्यो। समूह डीबाट नेपालसँगै नेदरल्यान्ड्स र श्रीलंका बाहिरिए। 

नवौँ संस्करणको विश्वकपका सहभागी २० टोलीलाई चार समूहमा विभाजन गरिएको थियो। सहभागी २० टोलीमध्य आयरल्यान्ड, ओमान, पपुवा न्यु गिनी, नेपाल र श्रीलंकाले मात्र जितको स्वाद लिन पाएनन्। चार समूहबाट एक टोलीले जित निकाल्न नसक्दा नेपाल रहेको समूहबाट भने दुई टोलीले जित हात पार्न सकेनन्। 

विश्वकपको नवौँ संस्करणसम्म आइपुग्दा सात टोलीले विश्वकपको उपाधि जितेका छन्। वेस्ट इन्डिज र इङ्ल्याण्डले समान दुई पटक विश्वकपको उपाधि उचालेका छन्। 

पहिलो पटक सन् २००७ मा भएको पहिलो विश्वकप भारतले जितेको थियो। २००९ को विश्वकप पाकिस्तानले २०१० र २०२२ को उपाधि इङ्ल्याण्डले उचालेको छ। 

सन् २०१२ र २०१६ को उपाधि वेस्ट इन्डिजले तथा २०१४ को उपाधि श्रीलंकाले र २०२१ को उपाधि अस्ट्रेलियाले जितेको थियाे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .