सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रदेश नं. ३, धादिङ्ग धार्के गाउँपालिका ५ मा सञ्चालित प्रेमसागर फाउण्डेसन नेपाललाई वित्तीय सहयोग प्रदान गरेको छ।
उक्त आर्थिक सहयोगले फाउण्डेसनद्वारा धार्के गाउँपालिकामा सञ्चालित जनभोजन कार्यक्रमअन्तर्गत दैनिक बालबालिका तथा अशक्त वृद्धवृद्धा गरी करिब पाँच सय जनालाई दैनिक निःशुल्क भोजन गराउँदै आएको र साथै करिब १ हजार ५ सय जना स्कुले बालबालिकाहरुलाई विद्यालयमै खाजा पुर्याउँदै आइरहेको सामाजिक कार्यमा सहयोग पुग्ने विश्वास बैंक लिएको छ।
उक्त संस्थालाई ५० हजार रुपैयाँको चेक बैंकको तर्फबाट महाप्रबन्धक अपूर्व प्रसाद जोशीद्वारा प्रेमसागर फाउण्डेशनका कोषाध्यक्ष दुर्गादत्त घिमिरेलाई हस्तान्तरण गरिएको हो।
बैंकको देशभर रहेका ८७ शाखा कार्यालय रहेका छन्।

प्रतिक्रिया