आगामी आर्थिक वर्षका लागि प्रदेश १ ले ४२ अर्ब २० करोड ४ लाख १२ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ।
प्रदेश १ का आर्थिक मामिला मन्त्री इन्द्र आङ्बोले संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा चालु खर्चतर्फ १८ अर्ब २० करोड ४ लाख १२ हजार र पुँजीगत तर्फ २३ अर्ब ५७ करोड ३९ लाख ३४ हजार विनियोजन गरिएको छ। अन्तर सरकारी हस्तान्तरणका लागि ९९ करोड ९९ लाख ९८ हजार छुट्याइएको छ।
बजेटको स्रोत मध्ये आन्तरिक राजश्व ३ अर्ब ८६ करोड उठाउने लक्ष्य छ भने राजश्व बाँडफाँटबाट प्राप्त हुने १० अर्ब ५२ करोड, अनुदानबाट २१ अर्ब २१ करोड व्यहोरिनेछ। यस्तै, चालु आर्थिक वर्षको खर्च हुन नसकेको बजेट ६ अर्ब ६१ करोड रहने अनुमान आज प्रस्तुत भएको बजेटमा उल्लेख छ।
आगामी आर्थिक वर्षमा प्रदेश १ ले स्थानीय तहको समन्वयमा प्राङ्गरिक कृषि प्रवद्र्धन अभियान कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। त्यसको लागि १६ करोड ६० लाख रुपैयाँ विनियोजन गरेको छ। सिंचाइ व्यवस्था तथा नदी नियन्त्रणका लागि ३ अर्ब २० करोड रुपैयाँ विनियोजन गरेको छ।
शिक्षा क्षेत्रको लागि १ अर्ब २८ करोड रुपैयाँ विनियोजन गरेको छ। स्वास्थ्य क्षेत्रको लागि १ अर्ब ७ करोड रुपैयाँ विनियोजन गरेको बजेट भाषणमा उल्लेख गरिएको छ। सरसफाइ तथा खाने पानीमा ठुलो रकम प्रदेश १ ले खर्च गर्ने भएको छ। त्यसको लागि सरकारले ३ अर्बको बजेट विनियोजन गरेको हो।
सबै धन्दा धेरै सडक र पुलको लागि ल्याएको छ जसमा ८ अर्ब रुपैयाँको बजेट विनियोजन गरेको हो। उर्जा तथा विद्युतअन्तर्गत तमोर बहुउद्येसीय आयोजना र दुधकोशी लजविद्युत आयोजनालाई प्राथमिकतामा राख्ने उल्लेख गरेको छ।
Shares
प्रतिक्रिया