ad ad

कारोबार


सिटी एक्सप्रेस कनेक्ट आईपीएसमा आबद्ध

सिटी एक्सप्रेस कनेक्ट आईपीएसमा आबद्ध

नेपालखबर
भदौ १९, २०७६ बिहिबार १३:१०,

सीटी एक्सप्रेस मनी ट्रान्सफर र नेपाल क्लियरिङ्ग हाउसबीच अब अन्तर बैंक भुक्तानी प्रणाली सेवा सुरु भएको छ।

उक्त भुक्तानी प्रणाली सेवा नेपाल क्लियरिङ्ग हाउसको कनेक्ट आईपीएस मार्फत ८० भन्दा बढी बैंक तथा वित्तिय संस्थाहरु बाट हुनेछ। सो सेवा अन्तर्गत अब सिटी एक्सप्रेस मनी ट्रान्सफरबाट रेमिटान्स कारोबारहरु ‘कनेक्ट आईपीएस इपेमेन्ट’ मार्फत रियल टाइम र ‘एनसीएचएल–आईपीएस’ मार्फत तोकिएको सीमामा उक्त कारोबारहरु भुक्तानी गर्न सकिन्छ।

यस अनुरुप अब बैंक भुक्तानी कार्य धेरै सहज र सरल हुने बिश्वास गरिएको छ। उक्त सम्झौता पत्रमा नेपाल क्लियरिङ्ग हाउसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधान र सिटि एक्सप्रेस मनी ट्रान्सफरका तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टण्डनले हस्ताक्षर गरेका छन्।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै बिगत १३ वर्षदेखि विश्वभरी आफ्नो रेमिट एजेन्ट्हरु बाट सात हजार भन्दा बढी नेपालको एजेन्टहरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .