ad ad

कारोबार


नबिल बैंकको सामूहिक व्यक्तिगत दुर्घटना बीमा योजना, यसरी सामेल हुनुहाेस्

नबिल बैंकको सामूहिक व्यक्तिगत दुर्घटना बीमा योजना, यसरी सामेल हुनुहाेस्

नेपालखबर
भदौ १७, २०७६ मंगलबार ७:२८,

नबिल बैंकले आफ्ना व्यक्तिगत बचत खाता ग्राहकलाई १० लाखको सामूहिक व्यक्तिगत दुर्घटना बीमा योजना ल्याएको छ। योजना यही १५ गतेदेखि लागू भएको बैंकले जनाएको छ।

योजनाबारे नबिल बैंकको तर्फबाट बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत अनिल खनाल र एनएलजी बीमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल वल्लभ पन्तबीच सम्झौता भएको हो।

योजनाअन्तर्गत, दैनिक मौज्दात पाँच हजार वा सोभन्दा बढी राख्ने जुनसुकै प्रकारका नेपाली मुद्राका व्यक्तिगत बचत खातावालाहरुलाई १० लाखको सामूहिक व्यक्तिगत दुर्घटना बीमा गरिएको हो। यस योजनाअन्तर्गत बचतकर्ताको दुर्घटनाद्वारा मृत्यु भएमा अथवा स्थायी पूर्ण अशक्तता भएमा एकमुष्ट १० लाख बीमा रकम प्रदान गरिनेछ।

यसरी सामेल हुन सकिन्छ
साथै यो योजनामा सामेल भइरहन बचतकर्ताले सधंै पाँच हजार वा बढी मौज्दात कायम राख्नुपर्नेछ। त्यसैगरी पाँच हजार वा बढी मौज्दात कायम नभएका व्यक्तिगत बचत खातावालाहरुले आफ्नो खातामा नेपाली क्यालेन्डरबमोजिम कुनै पनि महिनाको पहिलो कार्य दिनबाट सधंै उक्त मौज्दात कायम राखी यस योजनामा सामेल हुन सक्नेछन्।

नयाँ व्यक्तिगत बचत खाता खोल्ने ग्राहकहरुको हकमा, बैंकको कुनै पनि व्यक्तिगत बचत खाता खोली पाँच हजार वा बढीको मौज्दात खाता खोलेको महिनाको अन्त्यमा मात्र पनि कायम राखी खाता खोलेकै दिनबाट यो योजनामा सामेल हुन सकिनेछ ।

योजनामा सामेल हुन कुनै उमेरहद नभए पनि नाबालकको हकमा खाता संरक्षक यस योजनामा बीमित हुन सक्नेछन्। बैंकले प्रदान गरिरहेको समान बीमा योजना ग्राहक स्वयंले खरिद गर्दा शुल्क व्यहोर्नुपर्ने हुन्छ तर आफ्ना व्यक्तिगत बचतकर्ताहरुको हितलाई मध्यनजर गरी यस योजनामा सामिल हुँदा लाग्ने बीमा प्रिमियमको खर्च बैंक स्वयंले व्यहोर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .