एनआईसी एसिया बैंकले दशैं तथा तिहारको अवसरलाई मध्यनजर गर्दै अब हरेक पटक विदेशस्थित वर्ल्ड रेमिटबाट नेपालमा रकम पठाउँदा रकम प्राप्त गर्ने व्यक्तिलाई नगद सय रुपैयाँको मोबाइल रिचार्ज तथा बैंकको खातामा रकम पठाउँदा बैंकको तर्फबाट खातामा ३ सय ७५ रुपैयाँ बोनस क्रेडिट गर्ने योजना ल्याएको छ।
उक्त विप्रेषण रकम यस बैंकका शाखा कार्यालयहरु, एक्सटेन्सन काउण्टर, शाखारहित बैंकिङ्ग इकाइ एवं नौ हजारभन्दा बढी सहायक प्रतिनिधिहरुमार्फत सरल र सुलभ रुपमा भुक्तानी पाउन सकिनेछ। यो योजना अंग्रेजी महिनाको सेप्टेम्बर १ देखि अक्टोबर ३१ सम्म दुई महिनाको लागि लागू हुनेछ।
यो सुविधाबाट चाडपर्वको समयमा झन्झटरहित तरिकाबाट धेरै शाखा सञ्जाल भएको यस बैंकमार्फत सजिलै रकम पठाउन र निकाल्न सकिने र ग्राहक महानुभावहरुले उच्चतम लाभ लिन सक्नुहुने विश्वास बैंकले लिएको छ।
बैंकको मुलुकभर २ सय ९७ शाखा कार्यालय, ३ सय ५० एटीएम, ५८ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्ग सेवा रहेको छ।
Shares
प्रतिक्रिया