ad ad

कारोबार


व्यक्तिले गलत विवरण बुझाएमा कर छलि सरह नै कारबाही

व्यक्तिले गलत विवरण बुझाएमा कर छलि सरह नै कारबाही

नेपालखबर
भदौ ८, २०७६ आइतबार १२:४०,

स्वयम् कर घोषणा अन्तर्गत व्यक्तिले गलत विवरण बुझाएमा कर छलि सरह नै कारबाही हुने भएको छ।

संसदीय समितिमा छलफलको क्रममा रहेको राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) (पहिलो संसोधन) विधेयक २०७५मा व्यक्तिले झुट्टा विवरण बुझाएको पाईएमा कर छली कसुर अनुसार नै कारबाही हुने व्यवस्था गरिएको हो।

संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको आइतबारको बैठकमा अर्थमन्त्री युवराज खतिवडाले नागरिकलाई राज्यप्रति जवाफदेही र जिम्मेवार बनाउनका लागि स्वयम् कर घोषणा गर्न दिईएको तर त्यसमा झुटो विवरण भरेको पाईए कर छलि सरह अपराध ठहर भई कारवाही हुने बताए।

समितिले दण्ड सजाय सम्बन्धी विधेयकमा उल्लेखित व्यवस्थामा पनि केही संसोधन गर्ने तयारी गरेको छ। कैदको समय धेरै राख्दा जेल भर्ने अभियान मात्रै हुने र राजश्व असुलीमा सकारात्मक भन्दा नकारात्मक प्रभाव पर्न सक्ने भन्दै ५० लाख सम्मको अधिकतम अंक तोकेर त्यसभन्दा बढी हुनेलाई बिगो बराबरको जरिवाना सहित कैदको व्यवस्था गर्न लागिएको हो।

बैठकमा समिति सदस्यहरुले विधेयकमा जरिवाना र कैदको समय बढी भयो भन्दै संशाेधन गर्नुपर्नेमा सुझाव दिएका थिए। उनीहरुले कसुर वापतको दण्ड सजायको मात्रा ठुलो हुँदैमा राजश्व असुली नहुने तर्क गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .