ज्योति विकास बैंक र सिप्रदी ट्रेडिङ प्रालिबीच टाटा ब्राण्डका पिकअप र कार्गो गाडी खरिदको लागि कर्जा सम्बन्धी सम्झौता भएको छ।
सम्झौता अन्तर्गत सिप्रदी ट्रेडिङको सिफारिस प्राप्त ग्राहकहरुले टाटा ब्राण्डका पिकअप र कार्गो गाडि खरिदको लागि ज्योति विकास बैंकमार्फत ७० प्रतिशतसम्म कर्जा प्राप्त गर्नेछन्।
सम्झौता पत्रमा ज्योति विकास बैंकको तर्फबाट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पारस राज कँडेल तथा सिप्रदी ट्रेडिङको तर्फबाट कम्पनीका महाप्रबन्धक अनुपमणि ढकालले हस्ताक्षर गरे।
यस सम्झौता पश्चात ज्योति विकास बैंकबाट टाटा ब्राण्डका पिकअप र कार्गो गाडी ग्राहकवर्गहरुलाई ७०५ सम्म कर्जा सहित सजिलै प्राप्त हुनेछ। बैंकको देशभरि फैलिएका १०५ वटै शाखाबाट उक्त सवारी कर्जा सेवाको लाभ लिन सकिनेछ।
गुणस्तरीय प्रदर्शन र उत्कृष्ट सेवामार्फत नेपाली अटोमोबाइल्स क्षेत्रमा मन जित्न सफल टाटा ब्राण्डका गाडि खरिद गर्न ज्योति विकास बैंकको कर्जा सेवाले ग्राहकहरुलाई थप सहज हुनेछ। सिप्रदी ट्रेडिङले देशभर फैलिएको आफ्नो सञ्जालबाट सेवाग्राहीहरुलाई टाटा गाडि खरिद तथा बिक्री पश्चातको सेवा दिँदै आएको छ।
ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ एटीएम वटा मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ।

प्रतिक्रिया