कारोबार


ग्लोबल आईएमई बैंक र त्रिभुवन विश्वविद्यालयको सहकार्यमा वृक्षरोपण

ग्लोबल आईएमई बैंक र त्रिभुवन विश्वविद्यालयको सहकार्यमा वृक्षरोपण

नेपालखबर
असार १३, २०७८ आइतबार ८:४३,

ग्लोबल आईएमई बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय, विश्वविद्यालय क्याम्पस, प्रिन्सिपल कार्यालयबीचको सहकार्यमा विश्वविद्यालय क्याम्पस परिसरमा वृक्षरोपण गरिएको छ।

वृक्षरोपण कार्यक्रमको उद्घाटन त्रिभुवन विश्वविद्यालयका रेक्टर प्राडा शिवलाल भुसाल तथा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले संयुक्त रुपमा गरे।

विश्वविद्यालय क्याम्पस, प्रिन्सिपल कार्यालयको हरियाली दृश्य र स्वच्छ विश्वविद्यालय परिसर निर्माणको अभियान अन्तर्गत क्याम्पस परिसरको तीनकुनेदेखि घडी भवनसम्मको सडक छेउमा करिब ३०० धुपी र चापको विरुवा रोपण गरी विरुवाको सुरक्षाको लागि ‘ट्री गार्ड’ समेत लगाइएको छ।

कार्यक्रममा विश्वविद्यालय क्याम्पसका पदाधिकारी, कर्मचारी, विद्यार्थी तथा बैंकका कर्मचारी गरी १०० जनाभन्दा बढीको उपस्थिति रहेको थियो।

बैंकले मुलुकभर तथा मुलुक बाहिर गरी सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्‍याउने उद्देश्यले ७ वटै प्रदेश तथा ७६ जिल्लामा बैंकको २७३ शाखा, २४७ एटीएम, २५७ शाखा रहित बैंकिङ सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८०० सेवा केन्द्रबाट २४ लाख भन्दा बढि ग्राहकलाई सेवा प्रदान गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad