कारोबार


८४ व्यवसायिक फर्मको अनुगमन, ३ वटालाई सिलवन्दी

८४ व्यवसायिक फर्मको अनुगमन, ३ वटालाई सिलवन्दी

नेपालखबर
भदौ ५, २०७६ बिहिबार १४:३९,

सरकारले चालु आर्थिक वर्षको एक महिनामा नै ८४ वटा व्यवसायिक फर्महरुको अनुगमन गरेको दाबी गरेको छ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बिहीबार पत्रकार सम्मेलन गरी साउन महिनामा मात्रै ८४ वटा व्यवसायिक फर्महरुको अनुगमन गरेको जानकारी दिएको हो।

अनुगमन गरिएको मध्ये ४१ वटा फर्मलाई विभागले जरिवाना गराएको छ भने २५ वटालाई स्पष्टिकरण सोधिएको, ३ वटालाई सिलवन्दी गरिएको, ४ वटाको गुणस्तर परीक्षणका लागि नमुना पठाईएको तथा एउटा फर्म विरुद्ध मुद्धा दर्ता गरेको विभागका निर्देशक शोभाखर रेग्मीले जानकारी दिए।

ती फर्महरुबाट जरिवाना वापत ३ लाख ३७ हजार रुपैयाँ असुली गरिएको उनले जानकारी दिए। विभागले गत आर्थिक वर्षमा १ हजार ६ सय ६१ वटा अनुगमन गरेकोमा १ सय ६१ वटाबाट जरिवाना वापत ४३ लाख २१ हजार रुपैया राजश्व संकलन गरेको छ।

पत्रकार सम्मेलनमा उपभोक्ता अधिकारकर्मीहरुले विभागको अनुगमन प्रभावकारी नभएको भन्दै बजारमा प्रभाव पार्ने गरी अनुगमन गर्न सुझाएका थिए। उपभोक्ता अधिकारकर्मीले बजारमा अस्वभाविक मुल्यवृद्धि काममै रहेको, गुणस्तरहीनबस्तु बिक्रीमा नरोकिएको गुनासो गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad