ad ad

कारोबार


निम्बसद्वारा सहायता केन्द्रहरुलाई १० लाखभन्दा धेरै मास्क वितरण

निम्बसद्वारा सहायता केन्द्रहरुलाई १० लाखभन्दा धेरै मास्क वितरण

नेपालखबर
असार ८, २०७८ मंगलबार १५:५,

कोभिड–१९ को दोस्रो लहरले लिएर आएको यस कठिन समयमा जनताको सेवा गर्ने संगठन, अग्रपंक्तिका कामदार र स्वयंसेवकहरुका लागि निम्बसले मास्क र स्यानिटाइजर उपलब्ध गराएको छ।

अस्पताल, क्वारेन्टिन केन्द्र, स्वास्थकर्मी र स्वंसेवकहरुलाई नेपालभरि १७२ ठाउँमा ५० भन्दा बढी संगठनहरुलाई निम्बसले १० लाखभन्दा धेरै मास्क र स्यानिटाइजर वितरण गरेको जनाएको छ।

निम्बसको प्रबन्ध निर्देशक आनन्द बगरिया भन्छन्, ‘आफ्नो ज्यान जोखिममा राखी यस महामारीविरुद्ध लड्नुहुने सबैजनाप्रति हामी कृतज्ञ छौं। हामी सबै मिलेमा मात्र विश्वभरि चुनौती बनेको यस महामारीलाई हराउन सक्नेछौं। हामी विभिन्न संस्था र सरकारसँग सहकार्य गरेर सहायता नपाएकाहरुलाई सहयोग गर्न चाहन्छौं।’

उच्च गुणस्तरको प्रोटेक्टिभ मास्क र विश्व स्वास्थ संगठनको मापदण्ड अनुसारको ७६ प्रतिशतइथानोल युक्त स्यानिटाइजर उत्पादन गर्ने निम्बसको स्वास्थ सामाग्री उत्पादन गर्ने अंग हो।

निम्बसको यस स्वास्थ्य सामाग्री बाँड्ने कार्यलाई विभिन्न प्रतिष्ठित संस्थाहरु जस्तै नेपालप्रहरी, एफएनसीसीआई, पत्रकार महासंघ, माइती नेपाल, नेपाल मेडिकल संघ आदिले प्रशंसा गरेका छन्।

‘नेपाल अहिलेको विषम परिस्थितिबाट गुज्रिरहेको अवस्थामा धेरै जना अग्रपंक्तिमा रहेर यस संकटबाट हामीलाई बाहिर निकाल्न प्रयासरत हुनुहुन्छ। तर वहाँहरु नै सबैभन्दा जोखिम अवस्थामा काम गरिरहनुभएको छ। यी अग्रपंक्तिमा रहेर सेवा दिनेहरुलाई मास्क र स्यानिटाइजर जस्ता स्वास्थ सामाग्रीहरु नेपालभरि नै उपलब्ध गराएर निम्बसले सहयोग गरिरहेको छ। यस सेवाभाव देखाउनुभएकोमा निम्बस परिवारलाई हामी हृदय देखि नै धन्यवाद ज्ञापन गर्न चाहन्छौं’ नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष शेखर गोल्छा भन्छन्।

कोभिड–१९ को संकटको समयमा यस कल्याणकारी कामलाई जारी राख्ने निम्बसले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .