सेयरबजारमा आज पनि गिरावट आएको छ।
बजार परिसूचक नेप्से ७१.०६ अंकले र सेन्सिटिभ सूचक ८.३७ अंकले घटेको हो।
योसँगै केही दिनअघि ३ हजार विन्दुमाथि पुगेको नेप्से आज २९ सय विन्दुबाट पनि झरेको छ।
आजको कारोबारमा २ सय २७ कम्पनी सामेल भएका छन्।
एक लाख २७ हजार ८ सय ३७ पटकको सेयर खरिदबिक्रीमा ११ अर्ब ६१ करोडको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
आज बजारमा तरलता १३ खर्ब ७० अर्ब र कुल बजार पुँजीकरण ३९ खर्ब ३७ अर्ब रुपैयाँ पुगेको छ।
सबै १३ समूहको कारोबार सूचक राताम्य भएको दिन दुईवटा कम्पनीका लगानीकर्ताले मात्रै १० प्रतिशत हाराहारीमा आम्दानी गरेका छन्। नारायणी डेभलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ताले ६५ रुपैयाँ र कुमारी बैंक लिमिटेड प्रोमोटर सेयरका लगानीकर्ताले १२ रुपैयाँ प्रतिसेयर आम्दानी गरेका छन्। बाँकी कम्पनीका लगानीकर्ताले न्यून प्रतिशत मात्रै आम्दानी गरेका छन्।
यता गुमाउने लगानीकर्ताले भने १० प्रतिशत हाराहारीमा घाटा व्यहोरेका छन्।
कारोबारमा भने पुनर्बीमा कम्पनी अगाडि छ। उसको एक अर्ब ३० करोडको सेयर खरिदबिक्री भएको हो।

प्रतिक्रिया