दाङका एक बैंक म्यानेजर रकम हिनामिना गरेको अभियोगमा पक्राउ परेका छन्। प्रहरीले घोराहीमा रहेको देव विकास बैंकका बैंक म्यानेजर सुरज बुढाथोकीलाई मंगलबार राति पक्राउ गरेको हो। उनीमाथि १८ करोड हिनामिना गरेको आरोप लागेको छ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार १७ करोड ९९ लाख बुढाथोकीले ठगी गरेको देखिएको छ। उनलाई उच्च अदालत तुल्सीपुरको नेपालगञ्ज इजलासमा पेस गरी अनुसन्धान अघि बढाइनेछ।
नक्कली ऋणी खडा गरेर रकम निकासा गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको भए पनि यसमा अरुको पनि संलग्नता हुनसक्ने प्रहरीले जनाएको छ।
प्रतिक्रिया