कारोबार


पुँजीबजारको आकर्षणले सरकारप्रति विश्वास बढ्योः अर्थमन्त्री पौडेल

पुँजीबजारको आकर्षणले सरकारप्रति विश्वास बढ्योः अर्थमन्त्री पौडेल

नेपालखबर
जेठ २५, २०७८ मंगलबार ७:७,

उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले पुँजी बजारको आकर्षणले सरकारप्रति विश्वास बढेको बताएका छन्।

धितोपत्र बोर्डको २९औँ वार्षिक उत्सवमा दैनिक रुपमा पुँजी बजार बढ्नुलाई सरकारप्रति लगानीकर्ताको विश्वास बढ्ेको रुपमा उनले अथ्र्याएका हुन।

उनले बोर्डलाई आफ्नो यात्रामा इतिहासबाट पाठ सिक्दै अगाडि बढ्न शुभकामना दिएका छन्।

अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्षको बजेटमा वस्तु विनिमय बजारको आरम्भ गर्ने कुरा अघि सारेका बताएका छन्।

बोर्डले सबल, सक्षम र नियामक निकायको रुपमा भूमिका खेल्ने उनले विश्वास गरेका छन्।

लगानीकर्ताको लगानी सुरक्षित र पुँजी बजार विस्तार गर्ने कुरामा बोर्डले काम गर्ने पौडेलले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad