ad ad

कारोबार


कोभिड अस्पताललाई राउण्ड टेबल नेपालद्वारा २५ लाख रुपैयाँको उपकरण सहयोग

कोभिड अस्पताललाई राउण्ड टेबल नेपालद्वारा २५ लाख रुपैयाँको उपकरण सहयोग

नेपालखबर
जेठ १६, २०७८ आइतबार ९:२३,

‘राउण्ड टेबल नेपाल’ले देशका विभिन्न कोभिड अस्पतालहरुमा स्वास्थ्य उपकरण सहयोग गरेको छ।

राउण्ड टेवल नेपालले ‘प्रोजेक्ट लाइफ लाइन’ सुरु गरेको जनाएको छ जस अन्तर्गत विभिन्न अस्पतालहरुमा कोभिड १९ बाट संक्रमित गम्भीर बिरामीहरुको उपचारका निम्ति अपरिहार्य रुपमा चाहिने बिपाप र एचएफएनसी जस्ता जीवन उपयोगी उपकरणहरु निशुल्क वितरण गरेको छ।

यसले आर्थिक अवस्था कमजोर भएका कोभिड १९ का बिरामीहरुलाई धेरै सहयोग पुग्ने विश्वाश संस्थाले लिएको छ। बिपाप भेण्टिलेशन, थेरापीको एउटा प्रकार हो जसले कोभिड १९ बाट संक्रमित गम्भीर बिरामीहरुलाई सास फेर्न सहज बनाउँछ। वर्तमान अवस्थामा यस उपकरणको चरम अभावले दैनिक दर्जनौं मानिसहरु मृत्युसँग लडिरहेका छन्।

यी उपकरणहरुलाई देशका सबैजसो अस्पतालको अवस्था बुझि चरम अभाव र आवस्यकता भएका ठाउँहरुमा वितरण गरिएको हो। साथै राउण्ड टेबल नेपालले यसै प्रोजेक्ट अन्तर्गत राउण्ड टेबल नेपाल बैंकको पनि सुरुवात गरेको छ जस अनुसार बिपाप उपकरणहरु आवस्यकता परेका अस्पतालमा निश्चित अवधिका लागि निशुल्क उपलब्ध गराइने छ र महामारीको अन्त्य पश्चात ति उपकरणहरु फिर्ता लिएर दुर्गम छेत्रका अस्पतालहरुमा वितरण गरिने छ।

lifeline.jpeg

यो प्रोजेक्ट केवल एक हप्ता अगाडि सुरुवात गरिएको हो र यस अन्तर्गत राउण्ड टेबल नेपालले २५ वटा उपकरण वितरण गरिसकेको छ जसको सरदर मूल्य २५ लाख रहेको छ। वितरण गरिएका अस्पताल र उपकरण संख्या निम्न बमोजिम रहेका छन्ः

बिपाप उपकरण वितरण गरिएकाः
दुनै जिल्ला अस्पताल, डोल्पा, गमगढी जिल्ला अस्पताल, मुगु, कालिकोट जिल्ला अस्पताल, हुम्ला जिल्ला अस्पताल, जाजरकोट जिल्ला अस्पतालर भीमा अस्पताल, भैरहवामा १/१ थान।

यस्तै, सिद्धार्थ महिला तथा बालबालिका अस्पताल, बुटवल, पाटन अस्पताल र सेती प्रादेशिक अस्पताल, धनगढीलाई २ थान।

बिपाप उपकरण निशुल्क भाडामा दिइएका
शसस्त्र प्रहरी बल अस्पताल र नेपाल प्रहरी अस्पताललाई ५/५ थान। जे एण्ड जे क्लिनिक १ थान र वीर अस्पताललाई २ थान।

प्रोजेक्ट लाइफ लाइन अन्तर्गत कम्तिमा पनि ५० उपकरण देश भरका अस्पतालमा वितरण गर्ने लक्ष्य राउण्ड टेबल नेपालले लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .