ad ad

कारोबार


एयरबसले विमान उत्पादन बढाउने

एयरबसले विमान उत्पादन बढाउने

नेपालखबर
जेठ १५, २०७८ शनिबार ८:९,

युरोपेली विमान निर्माता कम्पनी एयरबसले विमान उत्पादनलाई तीव्रता दिने भएको छ ।

कम्पनीका अनुसार सन् २०२५ सम्ममा कोरोना महामारीअघिकै स्तरमा विमान किनबेच हुने आकलन छ । विश्वकै ठूलो विमान निर्माता एयरबसले ए३२०निओ विमान उत्पादन १० प्रतिशतले बढाउने जनाएको छ ।

यो दरमा उत्पादन बढे अहिले ४० विमान प्रतिमहिना उत्पादन गरिरहेको कम्पनीले यो वर्षको अन्त्यसम्म ४५ वटामा पु¥याउनेछ । बेलायतमा विमानका पखेटा उत्पादन गरिरहेको एयरबसले सन् २०२३ को दोस्रो त्रैमासिकसम्ममा प्रतिमहिना ६४ वटा विमान उत्पादन गर्ने नयाँ लक्ष्य प्रस्तुत गरेको छ ।

‘उड्डयन क्षेत्र कोरोना संकटबाट विस्तारै तंग्रिँदै छ’, कम्पनीका प्रमुख कार्यकारी गुइलाम फारीले भने । विमान सेवा प्रदायकहरुलाई वित्तीय दबाब थेग्न गाह्रो परिरहेका बेला विमान उत्पादकले यस्तो कदम चालेको हो ।्

अन्तर्राष्ट्रिय यात्रामा प्रतिबन्ध र कडाइ हुँदा विश्वमा नगन्यमात्रामा उडान भइरहेका छन् । यसका बाबजुद एयरबसले भने उत्पादन अघि बढाउने जनाएको हो । कम्पनीले २०२३ देखि २०२५ सम्ममा व्यावसायिक विमान बजार तंग्रिसक्ने आशा गरेको छ ।

खासगरी दुई सयदेखि साढे दुई सयसम्म यात्रु बोक्ने सिंगल आइसल एयरक्राफ्टको बजार महामारीअघिको अवस्थामा फर्किने कम्पनीको आकलन छ । यी विमानहरुले छोटो दूरीमा सेवा दिन्छन् ।

त्यस्तै कम्पनीले आफ्नो ए३५० श्रेणीका विमानहरु पनि सन् २०२२ को अटमसम्ममा प्रतिमहिना पाँचबाट छवटा उत्पादन गर्ने लक्ष्य बनाएको छ ।

त्यसबाहेक अर्को पाँच वर्षमा कम्पनीले हरेक महिनामा ए२२० एयरलाइनर विमान १४ वटा उत्पादन गर्ने जनाएको छ । अहिले यी विमानहरु महिनामा पाँचवटाको दरमा उत्पादन हुन्छन् ।

अर्को वर्ष यसलाई छवटामा पु¥याइने कम्पनीले जनाएको छ । तर ए३३० को उत्पादन भने प्रतिमहिना औसत दुईवटामै सीमित राख्ने जनाएको छ । बीबीसीबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .