कारोबार


कोरोना खोप पठाउन भारतसँग छलफल गर्दै फाइजर

कोरोना खोप पठाउन भारतसँग छलफल गर्दै फाइजर

नेपालखबर
जेठ ११, २०७८ मंगलबार ८:१५,

कोरोनाको दोस्रो लहरले आक्रान्त भारतले चर्चित अमेरिकी कम्पनी फाइजरले जर्मन कम्पनी बायोएनटेकसँग मिलेर विकास गरेको खोप आपूर्तिका लागि छलफल थालेको छ।

रोयटर्स इन्डियाका अनुसार फाइजरले भारतलाई मंगलबार कोभिड १९ खोप आपूर्ति गराउन छलफल भइरहेको जानकारी दिएको छ। नयाँ दिल्लीले पनि विदेशी खोप ल्याउन फास्ट ट्र्याक प्रमाणीकरण गर्ने प्रतिबद्धता जनाएको छ।

फाइजरकी प्रवक्ताले रोयटर्सलाई इमेल गर्दै भारत सरकारसँग मिलेर खोप उपलब्ध गराउन प्रतिबद्ध रहेको बताएकी छिन्।

भारतले गत हप्तादेखि नै फाइजरसँग छलफल गरिरहेको बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad