कारोबार


‘इ–सेवा भर्चुअल फिस्टा’ सुरू, १० हजार विद्यार्थीले अनलाइनमार्फत निःशुल्क भाग लिन पाउने

‘इ–सेवा भर्चुअल फिस्टा’ सुरू, १० हजार विद्यार्थीले अनलाइनमार्फत निःशुल्क भाग लिन पाउने

नेपालखबर
जेठ १०, २०७८ सोमबार ७:१७,

निषेधाज्ञाको अवधिमा विद्यार्थीहरूको समयलाई आकर्षक तथा उत्पादक बनाउने उद्देश्यका साथ ‘इ–सेवा भर्चुअल फिस्टा’ आयोजना गरिएको छ।

भर्चुअल प्लेटफर्मको माध्यमबाट मुलुकभरका करीब दशहजार विद्यार्थीलाई एकै ठाउँमा ल्याउने उद्देश्यका साथ यो कार्यक्रम आयोजना गरिएको हो।

यसमा स्नातक तथा स्नातकोत्तरसम्मका विद्यार्थी उपस्थित हुन सकिनेछ। यस कार्यक्रममा कार्यशाला तथा अन्तर्क्रियाका सत्रहरू सञ्चालन हुनेछन्।

यस कार्यक्रमले विद्यार्थीहरूलाई महामारीको त्रासबाट टाढा राख्नको लागि कार्यशाला र गतिविधिहरूमा संलग्न गराउने, गहिरो तथा अर्थपूर्ण छलफल गर्न प्रोत्साहित गर्न र व्यक्तिगत तथा व्यावसायिक जीवनको विभिन्न पक्षहरूमा सान्दर्भिक विचारहरू प्रस्तुत गर्न तथा सीप विकासका अवसर प्रदान गर्ने अपेक्षा राखिएको छ।

यसबाट विद्यार्थीहरूको लागि व्यक्तिगत व्यावसायिक दृष्टिकोणबाट अवसरहरू सिकाउन तथा युवाहरुले व्यवसाय स्थापना गर्नको लागि अवसर तथा प्रशिक्षण प्रदान गर्नेछ ।

नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इ–सेवाको मूख्य प्रायोजनामा फोनिक्स कलेज अफ म्यानेजमेन्ट, युनिभर्सल कलेज र न्यू समिट कलेजले आयोजना गरेको यस अन्तर्क्रिया कार्यक्रममा, वित्तीय साक्षरता, महामारीको समयका अग्रपंतिका नायकलाई सम्मान, सेयर बजार प्रशिक्षण, एक्सेल प्रशिक्षण, प्रस्तुति प्रतियोगिता, सार्वजनिक मन्तव्य, प्रत्यक्ष संगीत र आइडिया पिचिङ प्रतियोगिताजस्ता कार्यक्रम समावेश छन् ।

गत शुक्रबारदेखि सुरू भएको यस कार्यक्रम जेठ २१ गते शुक्रबारसम्म सञ्चालन हुनेछ।

यस कार्यक्रममा एमएस टिम्स तथा आयोजक कलेजको आधिकारिक फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण हुने आयोजकले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad