कारोबार


उद्योग वाणिज्य महासंघको स्वास्थ्य अभियान ‘हेल्लो डाक्टर’बाट संक्रमितलाई धेरै राहत

उद्योग वाणिज्य महासंघको स्वास्थ्य अभियान ‘हेल्लो डाक्टर’बाट संक्रमितलाई धेरै राहत

नेपालखबर
जेठ ८, २०७८ शनिबार १६:२७,

नेपाल उद्योग वाणिज्य महासंघले कोभिड संक्रमित बिरामीहरूको सहयोगका लागि सञ्चालन गरेको हेल्लो डाक्टर स्वास्थ्य परामर्श र कोभिड १९ सहायता केन्द्रबाट हालसम्म निकै धेरै संख्यामा बिरामीहरूले स्वास्थ्य परामर्श र आवश्यक स्वास्थ्य सहायता लिएका छन् ।

महासंघले सञ्चालन गरेको स्वास्थ्य अभियानबाट संक्रमित बिरामी, तिनका परिवार र आफन्तहरूसहित धेरैलाई राहत पुग्न गएको महासंघले जनाएको छ ।

महासंघका अनुसार हेल्लो डाक्टर स्वास्थ्य परामर्श कार्यक्रमबाट साँढे पाँच सयभन्दा बढी कोभिड संक्रमित बिरामीहरूले डाक्टरहरूबाट स्वास्थ्य परामर्श र सहायता केन्द्रबाट करिब दुई सय ५० जनाले आवश्यक स्वास्थ्य सहायता लिएका छन् ।

वैशाख २६ बाट सुरू भएको हेल्लो डाक्टरमार्फत भाइबरको सहकार्यमा डाक्टर अन कलका चिकित्सकहरूले बिरामीहरूलाई स्वास्थ्य परामर्श दिइरहेका छन् ।

कोभिड सहायता केन्द्रबाट गम्भीर प्रकृतिका बिरामीहरूदेखि भर्खर कोभिड संक्रमण भएकासम्मले सहयोगका लागि आग्रह गर्ने गरेका छन् ।

केन्द्रका तर्फबाट हालसम्म डेढ वर्षको बच्चादेखि ८९ वर्षसम्मका ज्येष्ठ नागरिकलाई सेवा दिइएको छ । सहायता केन्द्रले वैशाख २४ गतेबाट काम थालेको थियो । केन्द्रमा दैनिक सरदर १६÷१७ जनाले सहयोगका लागि आग्रह गर्ने गरेका छन् ।

मुलुकमा बढदो कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रण गरी आम सर्वसाधारणको जीवन रक्षामा सहयोग पु¥याउने उद्देश्यले हेल्लो डाक्टर र कोभिड सहायता केन्द्र स्थापना गरिएको हो ।

सहायता केन्द्रबाट अस्पताल÷आइसोलेसन केन्द्र सहजीकरण, अक्सिजन सिलण्डिर, अस्पताल, एम्बुलेन्स, हवाइ तथा यातायात व्यवस्थापनलगायतमा सहयोग÷समन्वय भइरहेको महासंघले जनाएको छ ।

कोभिड संक्रमण जटिल हुँदै गई अस्पताल जान समस्या परेकालाई नजिकको अस्पतालसम्म पु¥याउन, अस्पतालमा अक्सिजनसहितको आईसीयू, भेन्टिलेटर बेड पाउन समस्या परेका, अक्सिन सिलिण्डर भर्न समस्या परेका, अक्सिजनसहितको सिलिण्डर, आइसोलेसन केन्द्र, रेमडेसिभिरलगायतका अत्यावश्यक औषधि नपाएका र डाक्टरको परामर्श खोजिरहेकाहरूलाई केन्द्रबाट सहयोगको पहल भएको छ ।

एम्बुलेन्स सहयोग खोज्नेका लागि व्यवस्थापन गरिदिने, अस्पतालमा भेन्टिलेटर, आईसीयूसहितको बेड नपाउनेहरूका लागि सकभर नजिकको अस्पतालमा व्यवस्थापन गरिदिने, प्लाज्माको लागि पहल गरिदिने, अक्सिजन नपाएकालाई अक्सिजनको प्रबन्ध गरिदिने, रेम्डेसिभिरलगायतका अत्यावश्यक औषधि खोजेकालाई सकभर नजिकको स्थानबाट त्यस प्रकारका औषधि किन्ने प्रबन्ध मिलाइदिने, कोभिड संक्रमण भई घरमा बस्ने ठाउँ नपाएका निम्न आय भएका परिवारका सदस्यलाई खानपान र औषधिको उचित व्यवस्थासहितको आइसोलेसन केन्द्र मिलाइदिने, डाक्टरहरूसँग स्वास्थ्य परामर्शको उचित व्यवस्थापन गरिदिनेलगायतको कार्यमा सहायता केन्द्र जुटिरहेको छ ।

आइसोलेसन नपाएकाहरूलाई महासंघले आफैँले क्षेत्रपाटी र कमलपोखरीमा सञ्चालन गरेको आइसोलेसन केन्द्रमा राख्ने प्रबन्ध मिलाइएको छ भने स्वास्थ्य परामर्शका लागि महासंघ आफैँले सञ्चालनमा ल्याएको हेल्लो डाक्टरमार्फत स्वास्थ्य परामर्श दिइरहेको छ ।

महासंघले सञ्चालन गरेको आइसोलेसनका लागि महासंघका वर्तमान तथा पूर्वपदाधिकारीहरू, कार्यकारिणी समिति सदस्यहरू, उद्यमी व्यवसायीहरूले औषधि, स्वास्थ्य उपकरण÷सामग्रीहरू सहयोग गरेका छन् ।

कोभिडको दोस्रो लहरको संक्रमण अत्यधिक बढ्न जाँदा मुलुकको स्वास्थ्य प्रणालीले नै थेग्न नसक्ने भएपछि आम सर्वसाधारणको स्वास्थ्य सुरक्षामा केही सहयोग गर्न सकियोस् भनेर महासंघले कोभिड सहायता केन्द्र स्थापना गरेको हो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad